७ जेष्ठ २०८१, सोमबार

 

नयाँ विश्व बचत तथा ऋण सहकारीको प्रथम साधारणसभा सम्पन्न

बागलुङ ।नयाँ विश्व बचत तथा ऋण सहकारी संस्था लिको प्रथम साधारणसभा सम्पन्न भएको छ ।

शनिबार बागलुङ बजारमा सम्पन्न प्रथम साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष सुवाशचन्द्र राजभण्डारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक प्रतिवेदन अनुसार सहकारीकोआर्थिक कारोबारबाट २ करोड २० लाख ४ हजार रुपैयाँ रहेको छ ।

संस्थाले शेयर सदस्यहरुको आर्थिक र सामाजिक प्रगतिको लागि महत्वपूर्ण कार्य गर्दै आएको संस्थाका अध्यक्ष सुवाशचन्द्र राजभण्डारीले बताउनु भयो ।

साधारणसभामा कार्यसमितिका सदस्य निर्मल बहादुर श्रेष्ठले सहकारीले शेयर सदस्यहरुको हितमा विभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने बताउनु भयो ।

साधारणसभामा सचिव मुकेशचन्द्र राजभण्डारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाश राजभण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

साधारणसभा नयाँ विश्व बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवाशचन्द्र राजभण्डारीको अध्यक्षता, संस्थाका उपाध्यक्ष अर्जुन चोखालको स्वागत र सचिव मुकेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

बागलुङ नगरपालिकाको सहकारी शाखाले विसं २०७७ पुष १० गते बागलुङ नगरपालिका सहकारी ऐन २०७४ को दफा ६ बमोजिम दर्ता स्वीकृत गरी नयाँ विश्व बचत तथा ऋण सहकारी संस्थालाई संचालन अनुमति दिएको थियो ।

सहकारीमा महिला शेयर सदस्य १० जना र पुरुष शेयर सदस्यहरु २२ जना गरी जम्मा ३२ जना शेयर सदस्यहरुको सहभागितमा १२ लाख ७० हजार चुक्ता पुँजी बनाएर नयाँ विश्व बचत तथा ऋण सहकारी संस्था संचालनमा आएको थियो ।

विसं २०७८ मंसिर १ गतेदेखि अध्यक्ष सुवाशचन्द्र राजभण्डारीको नेतृत्वमा बागलुङ नगरपालिका वडा नं ३ किनारा टोल कार्यालय स्थापना गरी सेवा सुभारम्भ गरेको यस संस्थाले शेयर सदस्यहरुको हितमा विभिन्न कार्यहरु गर्दै आएको छ ।

संस्थामा हाल ६० जना शेयर सदस्यहरु छन । संस्थाको १ करोड १० लाख रुपैयाँ शेयर पुँजी पुगेको छ भने ३ जना जनशक्ति रहेका छन् ।

विसं २०७४ सालमा स्थापना भएको नयाँ विश्व अनलाइन पत्रिका संचालन गरेको व्यवसायीक समूहले विभिन्न सृजनशिल व्यवसायीक कार्य गर्ने लक्ष्यका साथ नयाँ विश्व बचत तथा ऋण सहकारी संस्था संचालनमा ल्याएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्