७ जेष्ठ २०८१, सोमबार

 

बागलुङमा सहकारीका बजार व्यवस्थापकहरूको क्षमता अभिवृद्वि तालिम सम्पन्न

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजनमा बागलुङमा सहकारीका बजार व्यवस्थापकहरूको क्षमता अभिवृद्वि सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो । तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी सस्थामा कार्यरत बजार व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

तालिममा नेफ्स्कूनका संचालक चण्डीप्रसाद शर्मा पौडेल र नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले सहकारीका मूल्य सिद्धान्त, बजार प्रतिनिधिको काम कर्तव्य र भुमिका, बजार प्रतिनिधिमा हुनुपर्ने गुणहरु, बजार व्यवस्थापन, बजार प्रतिनिधिले ध्यानदिनुपर्ने कुराहरु, बजारीकरणका सिप लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै वडिगाड गाँउपालिका प्रमुख गण्डकी थापा अधिकारीले बजार प्रतिनिधि संस्थाको महत्वपूर्ण जिम्मेवारीमा र सदस्यको नियमित सम्पर्कमा रहने भएकोले उत्कृष्ठ कार्य सम्पादन गर्न तालिम फलदाही हुने बताउनु भयो ।

अधिकारीले बजार प्रतिनिधिले रकम संकलन गर्ने काम मात्र नगरी सहकारीको मुल्य मान्यता र सिद्धान्तबारे ज्ञानहासिल गरी सदस्यलाई सेवा दिनुपर्ने बताउनु भयो । कार्यक्रममा सहभागिको तर्फबाट तुला कुमारी आले, तुल्सीराम कँडेलले मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्ष र प्रवन्धक मनिषा घर्तीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्