७ जेष्ठ २०८१, सोमबार

 

सदाबहार बचत तथा ऋण सहकारीको १५ औं साधारणसभा सम्पन्न

काठमाडौं । सदाबहार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न भएको साधारणसभाको उद्घाटन बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले गर्नु भएको थियो।

कार्यक्रममा उनले सहकारीको शेयर सदस्यहरुको आर्थिक र सामाजिक उत्थानका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो। सहकारीले छरिएर रहेको पैसालाई जम्मा गरी शेयर सदस्यहरुको आर्थिक विकास गर्ने उद्देश्यसहित सेयर सदस्यलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध, साना व्यवसायीलाई प्रोत्साहन गर्ने काम गर्दै आइरहेको सदाबहार बचत तथा ऋण सहकारीका अध्यक्ष किस्मतमणि श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसहसचिव तथा आर्थिक विज्ञ किशोर जंग कार्की,धौलागिरी बचत तथा ऋण सहकारीका अध्यक्ष युक्त प्रसाद शाक्य, धौलाश्री बहुउद्देश्सीय सहकारीका अध्यक्ष याम बहादुर श्रेष्ठ र म्याग्दी बचत तथा ऋण सहकारीका प्रबन्धक निर्देशक दिप बहादुर छन्त्याललगायतले मन्तव्य राख्नु भएको थियो।३ सय ७१ जना सेयर सदस्य रहेको सहकारीको कुल शेयर पुँजी २ करोड ४२ लाख २८ हजार रहेको छ ।

सहकारीको निक्षेप २० करोड ३४ लाख ७१ हजार रहेको छ भने लगानी २० करोड ३७ लाख १ हजार १ सय ७७ रुपैयाँ रहेको छ ।साथै सहकारीको आम्दानी ३ करोड ६१ लाख ३२ हजार ७ सय ५ रुपैया २२ पैसा रहेको छ ।

सहकारीको प्रशासनिक तथा व्याज खर्च २ करोड ७३ लाख ६९ हजार ५ सय ६१ रुपैयाँ ८० पैसा रहेको छ । सहकारीको कुल आम्दानी ८७ लाख ६३ हजार १ सय ४३ रुपैयाँ ४२ पैसा रहेको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष किस्मतमणि श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष ईश्वरी कर्माचार्यको स्वागत सचिव चन्द्र कुमार शाही र कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।विसं २०६४ सालमा १ सय १७ जना शेयर सदस्यहरुको पहलमा काठमाडौंको बागबजारमा सदाबहार बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्