५ जेष्ठ २०८१, शनिबार

 

धवलागिरि बहुमुखी क्याम्पसले शिक्षा शास्त्र एमएड तर्फ अङ्ग्रेजी विषय पढाउने

बागलुङ । बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र एमएड तर्फ अङ्ग्रेजी विषयमा स्नातकोत्तर तहको अध्यापन हुने भएको छ।  धवलागिरि क्षेत्रको शिक्षाको धरोहरको रुपमा रहेको क्याम्पसमा चालु शैक्षिक सत्रदेखि शिक्षा शास्त्र एमएड तर्फ अङ्ग्रेजी विषयमा कक्षा संचालन हुन लागेको हो ।

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा रहेको सो क्याम्पसले चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा तर्फ अङ्ग्रेजी विषयमा अध्यापन गराउन लागेको क्याम्पस प्रमुख डा राम प्रसाद उपाध्यायले जानकारी दिनु भयो ।

। यस क्षेत्रमा विएड गरेका ३० प्रतिशत विद्यार्थीले मुल विषय अग्रेजी लिएर अध्ययन गरेको र वान एयर विएड गर्नेहरु पनि अग्रेजी विषय लिने विद्यार्थी बढी भएकोले उनीहरुको माग अनुसार शिक्षा शास्त्र एमएड तर्फ अङ्ग्रेजी विषयमा स्नातकोत्तर तहको अध्ययन सुरु गर्न लागेको क्याम्पस प्रमुख उपाध्यायले बताउनु भयो ।

धवलागिरि क्याम्पसमा यस अघि स्नातकोत्तर तहमा २०६० बाट मानविकि तर्फ समाज शास्त्र, मानविकि २०६७ बाट शिक्षा शास्त्र अन्र्तगत करिकुलम र नेपाली, २०६९ बाट व्यवस्थापन संकाय तर्फ एमविएसमा कक्षा संचालन हुदै आएकोमा चालु शैक्षिक सत्रदेखि शिक्षा शास्त्र एमएड तर्फ अङ्ग्रेजी विषयमा पनि कक्षा संचालन गर्न लागिएको छ ।

विद्यार्थी भर्नाका लागि क्याम्पसले आवेदन गरिसकेको छ । त्यसका लागि माघ २० मा प्रवेश परीक्षा सञ्चालन गरिनेछ भने माग २५ गते नतिजा प्रकाशन गरि माग २६ गतेबाट फागुन ८ सम्म भर्ना समय तोकिएको छ ।

उनले फागुन १० देखि नियमित पठनपाठन सुरु गर्ने योजना रहेको क्याम्पसले जनाएको छ । यसअघि जिल्लामा स्नातकोत्तर तहको पढाइ नहुँदा यहाँका विद्यार्थीहरू अध्ययनको लागि पोखरा, काठमाडौँलगायतका स्थानमा जानुपर्ने बाध्यता थियो ।

विसं २०१९ सालमा स्थापना भएको धवलागिरि बहुमुखी क्याम्पसमा हाल स्नातक तहमा विज्ञान, मानविकी, व्यवस्थापन, सेमेष्टर प्रणालिमा बिबिए र शिक्षाशास्त्रको पठनपाठन हुँदै आएको छ । क्याम्पसमा हाल २ हजार १ सय भन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्