२२ बैशाख २०८१, शनिबार

 

युएस एकेडेमीको २० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम संचालन

युनिभर्सल सवलाइम एकेडेमी बागलुङ नगरपालिका २ बागलुङको २० औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । मंगलबारबाट सुरु भएको वार्षिकोत्सवको अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम भैरहको विद्यालयले जनाएको छ ।

पहिलो दिन विद्यालयमा अतिरिक्त क्रियाकलाप गरेको विद्यालयले दोश्रो दिन बागलुङ बजारका विभिन्न चोकहरुमा सरसफाई सहित जनचेतनामुलक कार्यक्रम गरेको थियो । विहिबार तेश्रो दिन सरस्वती पूजा तथा विद्यालय आउने उमेर समुहका नयाँ बालबालिकालाई अक्षरारम्भ गराइएको विद्यालयका प्रिन्सीपल अशोक केसीले जानकारी दिनुभयो ।

विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थितीमा पूजा गरिएको विद्यालयले जनाएको छ । हरेक वर्ष सरस्वती पूजाको दिन नयाँ बालबालिकाको लागि अक्षराम्भ गराउँदै आएको र यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिएको विद्यालयले जनाएको छ । सरस्वती पूजाको दिन अक्षरारम्भ गर्दा शुभ हुने मान्यताका साथ यस दिन धेरै बालबालिका विद्यालयमा भर्ना हुने गरेका छन् ।

चार दिवसीय कार्यक्रम आयोजना गरि २० औं वार्षिकोत्सव आयोजना गरेको विद्यालयले शुक्रबार मुख्य समारोह सहित आधारभूत विद्यालय स्तरिय हाजिरि जवाफ प्रतियोगिता आयोजना गरेको केसीले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्