७ जेष्ठ २०८१, सोमबार

 

महिला हित सहकारीको सेयर सदस्य विस्तार अभियान गलुवामा

बागलुङ । महिला हित बचत तथा ऋण सहकारीको सेयर सदस्य विस्तार अभियान सुरु गरेको छ । मंगलबार बागलुङ नगरपालिका वडा नं १० गलुवामा सहकारीले सहकारी शिक्षा, सेयर सदस्य विस्तार तथा भेटघाट अभियान सुरु गरेको महिला हित बचत चथा ऋण सहकारी संस्थाका अध्यक्ष लिला देवी खड्काले नयाँ विश्वलाई बताउनु भयो ।

बागलुङ नगरपालिकाको सबै वडामा सहकारी शिक्षा मार्फत सेयर सदस्य विस्तार गरी महिलाहरुलाई बचत गर्न सिकाउन र सहकारी मार्फत आर्थिक उन्नती गराउन यो अभियान सुरु गरिएको अध्यक्ष खड्काले जानकारी गराउनु भयो ।

कार्यक्रममा ५५ जना महिलाहरुको सहभागिता रहेको थियो । गलुवाको जुना भण्डारीको संयोजकत्वमा सहकारीले समिति गठन गरिएको छ । अहिले गलुवाको २९ जना महिलाहरुले सहकारीमा मासिक बचत गरि रहेका छन् ।

कार्यक्रमा महिला हित बचत तथा ऋण सहकारीको प्रबन्धक चन्द्रा कार्कीले महिला हित सहकारीको बारेमा जानकारी दिएकी थिइन भने शिक्षा संयोजक राधा शर्माले सहकारीको महत्व र आवश्यकताको विषयमा मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रम महिला हित बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष लिला देवी खड्काको अध्यक्षता, कोषाध्यक्ष पम्फा किसानको स्वागत र सचिव सावित्री केसीको संचालनमा सम्पन्न भएको थियो ।

२०५२ सालमा महिलाहित संरक्षण समूहबाट सुरु भएको संस्था २०५८ सालमा महिलाहित बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता भएको थियो । २५ जना महिलाको २ हजार ५ सय रुपैयाँ सेयर पुँजीबाट सुरु भएको संस्थामा हाल १२ सय ७९ सदस्य सेयर सदस्य छन् ।

अहिले सहकारीको सेयर पुँजी २ करोड ८७ लाख २ हजार ३ सय छ भने बचत ९ करोड ७९ लाख ९१ हजार ३ सय १८ रहेको छ । सहकारीको कर्जा लगानी १० कारोड २४ लाख २३ हजार ३ सय १ रुपैयाँ रहेको छ ।सहकारीले ८ जना महिलाहरुलाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्