२२ बैशाख २०८१, शनिबार

 

लियो क्लब अफ धौलागिरिद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा युएस एकेडेमी प्रथम, धवलागिरि वीरेन्द्र मावि दोस्रो

बागलुङ । लियो क्लब अफ धौलागिरिको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।शुक्रबार बागलुङ बजारको फयुृचर ब्राइटर माविमा सम्पन्न भएको प्रतियोगितामा युएस एकेडेमी प्रथम, धवलागिरि वीरेन्द्र माध्यामिक विद्यालय दोस्रो र मुलपानी माध्यामिक विद्यालय तृतीय भएका छन् ।

कार्यक्रमका प्रमुख अथिति बागलुङ नगरपालिका उपप्रमुख राजु खड्का, लायन्स क्लब अफ धौलागिरि बागलुङका पूर्वअध्यक्ष तथा रिजन चियर पर्सन ताल बहादुर कुँवर र लियो क्लब अफ धौलागिरिका अध्यक्ष प्रवेश पौडेलले पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएको कार्यंक्रम संयोजक सुगम खड्काले नयाँ विश्वलाई बताउनु भयो ।कार्यक्रममा बागलुङ नगरपालिका उपप्रमुख राजु खड्का, लायन्स क्लब अफ धौलागिरिका प्रथम उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारी, फयुृचर ब्राइटर माध्यामिक विद्यालयका प्रिन्सिपल बालकृष्ण शर्मा, रिजन चियर पर्सन ताल बहादुर कुँवर, ग्रेस एजुकेशनका शाखा प्रमुख ओमकार पौडेल, लियो क्लब अफ धौलागिरिका अध्यक्ष प्रवेश पौडेललगाएतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

लियो क्लब अफ धौलागिरिका अध्यक्ष प्रवेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक सुगम खड्काको स्वागत र लायन्स क्लब अफ र्धौलागिरिका द्धितीय उपाध्यक्ष गणेश महतोको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्