७ जेष्ठ २०८१, सोमबार

 

बागलुङमा सहकारीका समसामयिक समस्या बारे व्यवस्थापकहरुसँग अन्तरक्रिया

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना र बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको व्यवस्थापनमा सदस्य संस्थाका व्यवस्थापकहरुसँग समसामयिक विषयमा अन्तरक्रिया गोष्ठि सम्पन्न भएको छ ।

सो अवसरमा नेफ्स्कूनमा आवद्ध सदस्य सस्थाका व्यवस्थापकहरुसँग वर्तमान समयमा सहकारीमा देखा परेका समस्या र चुनौतिहरुलाई कसरी समाधान गर्दै सहकारीको कार्यसम्पादन सहज गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा अन्तक्रिया भएको थियो ।

गोष्ठिमा नेफ्स्कूनका संचालक चण्डिप्रसाद शर्मा पौडेल र नेफ्स्कुनका अनुगमन अधिकृत सुर्यप्रसाद तिमिल्सिनाले सहकारी संस्थाको वर्तमान अवस्था, सहकारीका समस्या तथा चुनौतिहरु, समस्या समाधानका विषयहरु, सहकारी ऐन, नीति नियमको बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का संचालक तथा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता र सहसचिव विर बहादुर किसानको संचालनमा कार्यक्रम सम्पन्न भएको संघका प्रवन्धक मनिषा घर्तीले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्