५ जेष्ठ २०८१, शनिबार

 

चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलको सप्ताहव्यपी कार्यक्रम सहित २३ औं वार्षिकोत्सव सुरु

बागलुङ । चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलको २३ औं वार्षिकोत्सव सुरु भएको छ । आईतबारबाट सुरु भएको वार्षिकोत्सव फागुन १२ गते मूल समारोह आयोजना गरिएको छ।

वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्लेग्रुपदेखि एलकेजिसम्मका बालबालिकाहको दौड, यूकेजीको फेन्सी ड्रेस प्रतियोगिता, स्थलगत कविता लेखन, निबन्ध लेखन, अन्तर विधालय स्तरीय वक्तृत्व प्रतियोगिता लठो तान्ने, निमावि र मावि स्तरीय सामुहिक नृत्य प्रतियोगिता सम्पन्न भएको चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

तेस्रो दिनसम्म आयोजित विभिन्न अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्थीहरुलाई नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले पुरस्कार वितरण गर्नु भएको थियो ।कार्यक्रममा सृजनशिल ढंगले विद्यार्थीको सिकाई उपलब्धी हासिल गर्न विद्यालयले अझ धेरै मेहनत गर्नु पर्ने नगर शिक्षा अधिकारी पोखरेलले बताउनु भयो ।

शिक्षामा सूचना प्रविधिको प्रयोग गरेर आधुनिक शिक्षा दिन सबै विद्यालयहरुले अभियान चलाउनु पर्ने पोखरेलले भन्नु भयो । नृत्य प्रतियोगितामा कक्षा ९ को .जीया केसीको समूह प्रथम, कक्षा ९ को सुप्रिया क्षेत्रीको समूह द्वितिय र कक्षा ६ को आयुशा क्षेत्रीको समूह तृतीय भएका छन् ।

यसै गरी कक्षा ११ को जेनिशा जिसीको समूह प्रथम, कक्षा ११ को निर्मला श्रीषको समूह विज्ञान द्वितिय र कक्षा १२ को अनिशा खत्रीको समूह विज्ञान तृतीय भएका छन् ।कक्षा १२ की सिरिशा शर्मा अन्तर माध्यमिक स्तरीय निबन्ध प्रतियोगितामा प्रथम, वक्तृत्व कलामा द्वितीय र म्युजिकल चियरमा तृतीय भएकी छिन् ।

सृजनशिल पढाई, मनोवैज्ञानिक सिकाई, सूचना प्रविधिको प्रयोग र फरक अभ्यासका कारण धेरै विद्यार्थी र अभिभावकको रोजाईमा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल पर्ने गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्