५ जेष्ठ २०८१, शनिबार

 

फ्युचर ब्राइटर आवासीय माविको ३४ औ वार्षिकोत्सव : अन्तर विद्यालय नृत्य प्रतियोगितामा चिल्ड्रेन लाईफ प्रथम

बागलुङ । फ्युचर ब्राइटर आवासीय माध्यमिक विद्यालयको ३४ औ वार्षिकोत्सवको अवसरमा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । ९ गतेबाट सुरु भएको ३४ औ वार्षिकोत्सवको तेश्रो दिन अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।

बागलुङ बजारका सामुदायिक तथा नीजि विद्यालय गरी ११ समुहको सहभागिता रहेको प्रतियोगितामा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल प्रथम, अमर आदर्श मावि द्वितीय, युएस एकेडेमी तृतीय र शुभलाभ एजुकेशनल सेन्टर प्रालि शान्त्वना भएका छन् ।

सो अवसरमा बोल्दै एन प्याप्सन बागलुङका जिल्ला अध्यक्ष नेत्रलाल न्यौपानेले शिक्षा क्षेत्रमा नीजि विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । नीजि विद्यालयहरुले गुणस्तरिय शिक्षालाई पहिलो प्राथमितामा राख्नुपर्ने बताउनु भयो ।

अबको शिक्षा योगदान, सीप एवं संस्कारयुक्त हुन आवश्यक रहेको समेत बताउनु भयो । फ्युचर ब्राइटर आवासीय माध्यमिक विद्यालयका संचालक वालकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शिक्षक विष्णु विकले र संचालन शिक्षक सुवर्ण मल्ल तथा स्यच्छा शाक्यले गर्नु भएको थियो ।

बिहिबार नै विद्यालयको आन्तरिक नृत्य लगाएतका विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । शुक्रबार मूल समारोह, पुरस्कार वितरण तथा अभिभावक दिवस आयोजना गरिएको संचालक शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्