५ जेष्ठ २०८१, शनिबार

 

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

- चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल पायो आइएसओ चिन्ह ९००१ : २०१५

बागलुङ । चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल बागलुङको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले समयको गति र विश्वमा आएको परिवर्तन अनुसार शिक्षामा सुधार गर्नुपर्ने बताउनु भयो ।

आत्मनिर्भर शिक्षाका लागि विद्यालयहरुले पहल गर्नुपर्ने सुझाव दिँदै श्रेष्ठले पछिल्लो समय जागिर खानका लागि मात्रै विदेश जाने पद्दतीभन्दा उत्पादनको क्षेत्रमा लाग्ने जनशक्ति चाहिएको धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा अभिभावक संघका अध्यक्ष केवी रानामगर, अभिभावक हेमराज पौडेल, शिक्षक दिपेन्द्र न्यौपाने, विद्यार्थीहरु प्रमिस केसी, आस्था पौडेल, ऋषि स्वामी, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्य, प्याब्सन बागलुङका अध्यक्ष दल बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नवराज पौडेल, शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्याय र बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज श्रेष्ठले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।विद्यालयका बालविकासदेखि कक्षा १२ सम्मका उत्कुष्ठ विद्यार्थीहरु र शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर कँडेलको अध्यक्षता, उपाध्यक्ष उशा पौडेलको स्वागत र शिक्षक नारायण पौडेल, सुरेश सुनार र एलिना वलीलेको संचालनमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम र अतिरिक्त क्रियाकलाप प्रस्तुत गरेका थिए ।

यसैबीच, चिल्ड्रेन लाइफ बोडिङ स्कुलले आइएसओ चिन्ह ९००१ : २०१५ प्राप्त गरेको छ । विभिन्न ५ संस्थागत रुपमा भएको अनुगमन र मूल्यांकनपछि गुणस्तर व्यवस्थापन प्रमाणिकरण गर्ने बेलायतको संस्थाले विद्यालयलाई आइएसओ प्रमाण चिन्ह प्रदान गरेको हो ।

वार्षिकोत्सवमा कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रमका संचालक ऋषि प्रपन्नाचार्यले आइएसओ चिन्ह तथा लोगो सार्वजनिक गर्नु भएको थियो ।आइएसओ चिन्ह पाएको विद्यालयबाट उत्तिर्ण हुने विद्यार्थीहरुले अन्तराष्ट्रिय श्रम बजारमा रोजगारी पाउन सहज हुने विद्यालयका प्रधानाध्यापक नवराज श्रेष्ठले बताउनु भयो ।

आइएसओ प्रमाण चिन्ह पाएपछि विद्यालयको उत्साह र मनोबल बढेको छ तर नियमित गरिने अनुगमनका सूचकहरु अद्यावधिक गर्ने परीक्षणहरुमा विद्यालय सधै सजक हुनु पर्ने भएकोले चुनौति पनि साथै रहेको श्रेष्ठले बताउनु भयो ।

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा विद्यार्थी र अभिभावकको बदलिदो चाहना र भावना अनुसार मनोवैज्ञानिक ढंगले अध्यापन हुने गरेको छ । विद्यार्थीको सिकाई उपलब्धी हासिल गर्न सृजनशिल तरीकाले विद्यार्थीलाई व्यवहार गरीने र श्रमलाई सम्मान गर्ने सुसंस्कृति नागरिक निर्माण गर्न विद्यालयले कठोर मेहनत गरेकोले धेरै अभिभावक र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्