५ जेष्ठ २०८१, शनिबार

 

फ्युचर ब्राइटर आवासीय माविको ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न

बागलुङ । फ्युचर ब्राइटर आवासीय माविको ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न भएको छ । वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विद्यार्थीहरुको मनोविज्ञान र बदलिदो चाहना अनुसार विद्यालयले शिक्षा र संस्कार दिनु पर्ने बताउनु भयो ।

श्रमलाई सम्मान गर्ने र कुनै पनि विषयमा सृजनशिल ढंगले चिन्तन गर्ने शिक्षक र विद्यार्थी अहिलेको नेपाली समाजलाई चाहिएको खड्काले भन्नु भयो । कार्यक्रममा प्याब्सन बागलुङका अध्यक्ष दल बहादुर थापा, नयाँ विश्वको सम्पादक मुकेशचन्द्र राजभण्डारी, एनप्याब्सन बागलुङका अध्यक्ष नेत्र लाल न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्याय, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेल र फ्युचर ब्राइटर आवासीय माविका प्रिन्सिपल बालकृष्ण शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक र अतिरिक्त क्रियाकलाप प्रस्तुत गरेका थिए ।प्रधानाध्यापक बालकृष्ण शर्माले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने विद्यालयका बालविकासदेखि कक्षा १२ सम्मका उत्कुष्ठ विद्यार्थीहरु र शिक्षकहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रम फ्युचर ब्राइटर आवासीय माविका प्रिन्सिपल बालकृष्ण शर्माको अध्यक्षता, स्वागत शिक्षक सुनीता पुरी र  संचालन शिक्षक सुवर्ण ठकुरी मल्ल र सुनीता पुरीले गर्नु भएको थियो ।

वार्षिकोत्सको उपलक्ष्यमा आयोजित विभिन्न खेलहरु, सांस्कृतिक कार्यक्रम र विभिन्न प्रदर्शनीमा विजयी विद्यार्थीहरुलाई पुरस्कार, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

विद्यार्थीको सिकाई उपलब्धी हासिल गर्न सृजनशिल तरीकाले विद्यार्थीलाई अध्यापन गराउने हुँदा र विद्यार्थीहरुको आन्तरिक प्रतिभा र बानी अनुसार शिक्षकले प्रेमपूर्ण व्यवहार गर्ने हुँदा धेरै अभिभावक र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्