७ जेष्ठ २०८१, सोमबार

 

नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रमको बागलुङमा समीक्षा बैठक सम्पन्न

नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रमको समीक्षा बैठक बागलुङमा सम्पन्न भएको छ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिको साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालका विभिन्न १४ जिल्लाका सहकारी संघमा आवद्ध सहकारीकर्मीको सहभागिता रहेको थियो । सो अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिले गरेका काम र रणनीतिका बारेमा समीक्षा गरिएको थियो ।

सो अवसरमा संजालको सस्थागत विकासको लागि साझा सेवाहरुमा साझेदारीको अवधारणा,साझेदारीको नीतिगत व्यवस्था र विश्लेशन, दिगो साझेदारी कार्ययोजना विकास र जिल्लागत रुपमा भएका कामको समीक्षा गरिएको थियो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि नेफ्स्कूनका तालिम अधिकृत दुर्गाप्रसाद ढकालले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा सहभागिले सवैका लागि एक र एककोलागि सबै हुने विन्दुमा पुग्न आववश्यक रहेको धारणा राखेका थिए ।

सहकारी अभियानलाई कमजोर बनाउने गतिविधि भएकोले सहकारीकर्मीले सकारात्मक कुराका पक्षामा ओकालन गर्न आववश्यक रहेको बताएका थिए । सो अवसरमा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि नेफ्स्कून का अध्यक्ष परितोष पौडेलले नेफ्स्कूनले नेपालमा उद्यमशितलताको आधार कम हुँदा र रेमिट्न्सलाई आधार बनाउदा नेपालको अर्थतन्त्रमा समस्या आएको बताउनु भयो ।

तरलता विश्वभरको समस्या भएको भएकोले धैरेता गर्नु विकल्प नरहेको बताउनु भयो । सहकारी अभियान स्वनियम हुनेकी राष्ट्रबैंकबाट नियमन हुने भन्ने विषयमा बहस भैरहेको बताउनु भयो । पौडेलले सरकार ऐन संशोधनको तयारीमा रहेकोले सहकारी अभियना गम्भीर मोडमा रहेको बताउनु भयो ।

विश्व अर्थतन्त्रमा देखिएको असहज अवस्था अझै केही समय रहने बताउनु भयो । अभियानले संचालन गरेका अभियानलाई जिल्ला जिल्लामा पु¥याउन आवश्यक रहेको बताउनु भयो । केही सहकारीले गरेका गलत कामलाई जोडेर सिंगो सहकारी अभियान कमजोज बनाउने प्रयास भएकोले गलत गर्नेलाई दण्डित र राम्रो गर्नेलाई सम्मान गर्ने परिपाटीको विकास गर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष शान्ती अधिकारी, महासचिव दामोदर अधिकारी, राष्ट्रि«««य सहकारी महासंघका संचालक हुमा कुमारी जिसी,राष्ट्रि«««य सहकारी बैंकका संचालक राम बहादु बहादुर जिसी,मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष प्रेम प्रसाद कोइराला लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा बोेल्ने वक्ताहरुले सहकारी अभियानको साझा निश्कर्श आवश्यक रहेको बताएका थिए । सहकारीमा आएको असहज परिस्थितको धैरेर्याका साथ सामना गर्न बाहेको विकल्प नरहेको बताएका थिए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि नेफ्स्कूनका कोषाध्यक्ष तथा नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम संयोजक दिपक पनेरुको अध्यक्षता बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष तथा नेफ्स्कूनका संचालक चण्डिप्रसाद शर्मा पौडेलको स्वागत र बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव ऋषिराम गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्