५ जेष्ठ २०८१, शनिबार

 

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशद्वारा शिक्षकलाई प्रशिक्षण

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको आयोजनामा शिक्षकहरुको क्षमता विकास तालिम सम्पन्न्न भएको छ । मंगलबार पोखरामा भएको समसामयिक शैक्षिक तथा उन्नयन विषयक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नु हुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीको भविष्य शिक्षकको हातमा हुने भएकोले यसको लागि सबै सरोकारवालाहरु जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा शिक्षाविद विद्यानाथ कोइरालाले शैक्षिक सुधार र सिकाई उपलब्धी हासिल गर्नको लागि हामीलाई सृजनशिल शिक्षक र जिज्ञासु विद्यार्थी चाहिने बताउनु भयो । त्यसको लागि विद्यालयबाहिर र भित्र शिक्षामैत्री वातावरण बनाउनृु पर्ने उहाँले भन्नु भयो ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका आचार्य, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु बहादुर भण्डारी,केन्द्रंीय सचिव राम पोखरेल, पेशागत महासंघ नेपालका अध्यक्ष बाबुराम थापाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सहभागि शिक्षकहरुलाई शिक्षाविद विद्यानाथ कोइराला, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु बहादुर भण्डारी, केन्द्रंीय सचिव राम पोखरेल र असल अभ्यास गरेका नमुना विद्यालयका प्रधानाध्यापकहरुमध्ये भिमसेन आदर्श मावि नवलपुरका प्रधानाध्यापक अग्नीधर भुषाल र माछापुच्छ्रे मावि कास्कीका प्रधानाध्यापक सन्तोष गौतमले प्रशिक्षण दिनु भएको नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका कोषाध्यक्ष थानेन्द्र गौतमले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका अधयक्ष हरि बहादुर लामिछानेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष बलराम रानाभाटको स्वागत र सचिव राजेन्द्र पौडेलको संचालनमा भएको थियो ।प्रशिक्षण कार्यक्रममा एघार जिल्लाका सबै पालिकाहरुका शिक्षकहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्