६ जेष्ठ २०८१, आईतवार

 

महिला हित सहकारीको सेयर सदस्य विस्तार अभियान उपल्लाचौरमा

बागलुङ । महिला हित बचत तथा ऋण सहकारीको सेयर सदस्य विस्तार तथा भेटघाट अभियान सुरु गरेको छ । सोमबार बागलुङ नगरपालिका वडा नं ४ उपल्लाचौरमा सहकारीले सहकारी शिक्षा, सेयर सदस्य विस्तार तथा भेटघाट अभियान सुरु गरेको महिला हित बचत चथा ऋण सहकारी संस्थाका अध्यक्ष लिला देवी खड्काले नयाँ विश्वलाई बताउनु भयो ।

बागलुङ नगरपालिकाको सबै वडामा सहकारी शिक्षा मार्फत सेयर सदस्य विस्तार गरी महिलाहरुलाई बचत गर्न सिकाउन र सहकारी मार्फत आर्थिक उन्नती गराउन यो अभियान सुरु गरिएको अध्यक्ष खड्काले जानकारी गराउनु भयो ।

कार्यक्रममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो ।कमला खड्काको संयोजकत्वमा महिला हित सहकारी गौरीधाम समूह गठन गरिएको छ । कार्यक्रमा महिला हित बचत तथा ऋण सहकारीको प्रबन्धक चन्द्रा कार्कीले महिला हित सहकारीको बारेमा जानकारी दिएकी थिइन भने शिक्षा संयोजक राधा शर्माले सहकारीको महत्व र आवश्यकताको विषयमा मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रम महिला हित बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष लिला देवी खड्काको अध्यक्षता, कोषाध्यक्ष पम्फा किसानको स्वागत र कार्यसमिति सदस्य विद्या खड्काको संचालनमा सम्पन्न भएको थियो ।

२०५२ सालमा महिलाहित संरक्षण समूहबाट सुरु भएको संस्था २०५८ सालमा महिलाहित बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता भएको थियो । २५ जना महिलाको २ हजार ५ सय रुपैयाँ सेयर पुँजीबाट सुरु भएको संस्थामा हाल १२ सय ९१ सदस्य सेयर सदस्य छन् ।

अहिले सहकारीको सेयर पुँजी २ करोड ८७ लाख २ हजार ३ सय छ भने बचत ९ करोड ७९ लाख ९१ हजार ३ सय १८ रहेको छ । सहकारीको कर्जा लगानी १० कारोड २४ लाख २३ हजार ३ सय १ रुपैयाँ रहेको छ ।सहकारीले ८ जना महिलाहरुलाई रोजगारी दिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्