७ जेष्ठ २०८१, सोमबार

 

महिला हित सहकारीद्वारा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम संचालन

बागलुङ । महिला हित बचत तथा ऋण सहकारी संस्था बागलुङको आयोजनामा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मंगलबार विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) को अवसरमा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको महिला हित बचत तथा ऋण सहकारी संस्था बागलुङकी अध्यक्ष लिला देवी खड्काले बताउनु भयो ।

युवाहरुमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको सहकारीले जनाएको छ । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) का संचालक तथा जिल्ला बचत संघ अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा सहकारीका १ सय ५५ जना शेयर सदस्य सहभागि थिए ।युवाहरुलाई आर्थिक रुपमा सबल बनाउन उनीहरुमा वित्तीय ज्ञान हुनु आवश्यक भएकोले वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको महिला हित सहकारीकी अध्यक्ष लिला देवी खड्काले बताउनु भयो ।हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने युवाहरुलाई आर्थिक क्रियाकलापमा जोड्न सके मात्र देशले समृद्धि हासिल गर्ने खड्काले भनिन् ।

कार्यक्रममा गलुवा महिला हित समूहका अध्यक्ष जुना भण्डारी र गुठी महिला हित समूहकी अध्यक्ष सृजना मिजारले मन्तव्य राख्नु भएको थियो ।संस्थाका अध्यक्ष लिला देवी खड्काको अध्यक्षता, संस्थाका उपाध्यक्ष लक्ष्मी देवी जिसी केसीको स्वागत र सस्थाका सचिव सावित्री केसीको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्