७ जेष्ठ २०८१, सोमबार

 

महिला हित बचत तथा ऋण सहकारीद्वारा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

बागलुङ । महिला हित बचत तथा ऋण सहकारीले नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना कार्यक्रम आयोजना गरेको छ । सहकारीले नयाँ वर्षमा शुभकामना आदन प्रदान तथा सहकारीको समसामयिक विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको महिला हित बचत तथा ऋण सहकारीकी अध्यक्ष लिला देवी खड्काले नयाँ विश्वलाई बताउनु भयो ।

कार्यक्रममा संस्थाका कार्यसमितिका पदाधिकारी र सदस्यहरु, सल्लाहकार, विभिन्न उप समितिका सदस्यहरु, शेयर सदस्यहरु र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी संचालक सदस्य एंव जिल्ला सहकारी संघ बागलुङकी अध्यक्ष हुमा कुमारी जिसी र महिला हित बचत तथा ऋण सहकारीकी अध्यक्ष लिला देवी खड्काले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सहकारीकी प्रबन्धक चन्द्रा कार्कीले संस्थाको वित्तीय कारोबार र संस्थाबाट प्रदान गरिने सेवा सुविधाको बारेमा जानकारी र शिक्षा उप समिति संयोजक राधा कुमारी शर्मा संस्थाको कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रम महिला हित बचत तथा ऋण सहकारीकी अध्यक्ष लिला देवी खड्काको अध्यक्षता, संस्थाका उपाध्यक्ष लक्ष्मी देवी जिसी केसीको स्वागत र सस्थाका सचिव सावित्री केसीको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्