२६ बैशाख २०८१, बुधबार

 

महिला हित सहकारीकी अध्यक्ष खड्का राष्ट्रिय सहकारी बैकको लैंगिक समानता उपसमितिको सदस्यमा मनोनित

बागलुङ ।महिला हित बचत तथा ऋण सहकारीकी अध्यक्ष लिला देवी खड्का राष्ट्रिय सहकारी बैक लिमिटेडको लैंगिक समानता उपसमितिको सदस्य पदमा मनोनित भएकी छिन् ।

बैंकको संचालक समितिको बैठकले अध्यक्ष खड्कालाई लैंगिक समानता उपसमितिको सदस्यमा मनोनित गरेको हो । २०७० सालदेखि अध्यक्ष खड्काले महिलाहित बचत तथा ऋण सहकारी संस्थाको सफल नेतृत्व गर्दै आएकी छिन् ।

उनी बागलुङ जिल्ला बचत संघको कोषाध्यक्ष तथा जिल्ला सहकारी संघ, बागलुङको संचालक समितिको सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्