२६ बैशाख २०८१, बुधबार

 

इमेज सहकारीका वचतकर्ताहरुले अध्यक्ष देव कुमार नेपालीलाई सोध्यो हाम्रो पैसा कहिले पाइन्छ ?

- ६ महिनाको समय दिन अध्यक्ष नेपालीको आग्रह

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देव कुमार नेपालीले बचतकर्ताको रकम फिर्ता गर्न ६ महिनाको समय दिन बचतकर्तालाई आग्रह गरेका छन् । सोमबार बागलुङको ब्राउनआइज पार्टी प्यालेसमा बचतकर्ताको भेला बोलाई नेपालीले यस्तो आग्रह गरेका हुन् ।

सहकारीमा तरलता अभाव रहेकोले चलअचल सम्पती वेचेरे भएपनि बचतकर्ताको रमक फिर्ता गर्ने भन्दै ६ महिनाको समय माग गरेका हुन् । केही दिनमा नै एउटा विज्ञ समिति बनाई बचत फिर्ता गर्ने विषयमा तयारी गरेको नेपालीले बताए । केही समय बन्द गरीे सहकारीको सेवा प्रवाहलाई सुचारु गरेको भएपनि सेयर सदस्य र बचतकर्ताहरुलाई केही समय धैर्य गर्न आग्रह गरेका छन् ।

तरलता अभावको कारण सबै बचतकर्ताहरुको रकम दिन ग्राहो हुने भएकोले त्यसको लागि आफनो विभिन्न ठाउँमा रहेको घर जग्गा विक्री गरेर भएपनि भुक्तानी गर्ने बताउनु भयो । सो अवसमा पीडित बचतकर्ताले आफनो वचत रकमको ज्ञारेन्टी गर्न र छिटो बचत फिर्ता गर्न माग गरेका थिए ।

उनीहरुले सस्थाको सबै आर्थिक हिसाब किताब सार्वजनिक गरी सवै सेयर सदस्य र बचतकर्ताहरुलाई छिटोभन्दा छिटो ढुक्क हुने वातावरण बनाउन माग गरेका थिए ।

त्यसको लागि जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, बागलुङ नगरपालिका नगर प्रमुख, वडा अध्यक्ष, सहकारीका अगुवाहरु, केन्द्रीय सहकारी विभाग, प्रदेशको सहकारी विभाग, नगरको सहकारी शाखा, आर्थिक विज्ञको रोहवरमा अधिकार सम्पन्न समिति बनाएर बचत फिर्ता गर्न अध्यक्ष देव कुमार नेपालीले आफै पहल गर्नु पर्ने नभए आफूहरुले संम्बन्धित निकायहरुमा उजुर गर्ने पीडित बचतकर्ताहरुले आज भएको कार्यक्रममा बताएका छन् ।

अध्यक्ष देवकुमार नेपालीले सहकारीको अरबौ रकम कहाँ प्रयोग गर्नु भयो ? पोखरा, काठमाडौं बागलुङ र बुर्तिवाङमा भएको घर जग्गा कस्को नाममा छ ? यसको बारेमा सबै बचतकर्ताहरु थाहा दिएर त्यसको चलचल्तीको मूल्यमा विक्री गरेर सहकारीको समस्या सिग्र समाधान गर्न अपिल गरेका छन् ।

अध्यक्ष नेपालीको नाममा भएको घर जग्गा बजार मूल्यभन्दा बढि बढि भन्ने हो भने त्यसले समस्या झन बल्झने बचतकर्ता सुझाव दिएका थिए । सबै साना ठूला बचतकर्ताहरुलाई समान व्यवहार गरेर उनीहरुले दुख गरेर जम्मा गरेको पैसाको सुरक्षा गर्न बचतकर्ताहरुले सबै सरोकारवालाहरुसँग अपिल गरेका छन् ।

अध्यक्ष नेपालीले सेयर सदस्य र बचतकर्ताहरुले जम्मा गरेको रकम एक अर्ब पचास लाख भएको र ६ करोडको घर जग्गा दिएर केहि बचतकर्ताहरुको व्यवहार मिलाएको बताएका थिए ।

बचतकर्ताहरुको करोडौं रकम नेपालीको घर जग्गा बचेर तिर्न पुग्छ कि पुग्दैन ? अध्यक्ष नेपाली भाग्ने पो हो कि भन्ने बचतकर्ताहरुको प्रश्नमा अध्यक्ष नेपालीले आफू नभाग्ने र आफनो सबै सम्पत्ति बचेर भए पनि समस्या समाधान गर्ने र सहकारीलाइ पहिल्यैको अवस्था फर्काएर संचालन गर्ने बताउनु भएको थियो ।

सो अवसरमा इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका प्रबन्धक शक्ति किसानले सस्थाको वित्तिय अवस्थाको बारेमा जानकारी गराएका थिए ।

सस्थाको शेयर पूजी ३ करोड १० लाख २८ हजार २ सय, जगेडा कोष तथा अन्य कोषमा १ करोड ५७ लाख ६२ हजार ९ सय ४४,  बचत ८२ करोड ३८ लाख ३४ हजार ७ सय ८३, स्थिर सम्पती ३० करोड ५४ लाख २६ हजार ८ सय ५५, लगानी ५९ करोड, ६५ लाख ३५ हजार ५ सय ६३ र शेयर लगानी १४ लाख १० हजार र तरलता रकम १ करोड ३० लाख २४ हजार २ सय ८८ रहेको प्रबन्धक किसानले जानकारी दिएका थिए ।

सहकारीले एक जना बचतकर्तालाई हप्ताको दुई चोटी पाँच हजारको दरले चल्ती खातामा रहेको रकम दिन थालेको भने पनि बचतकर्ताले रकम पाउन नसकेको गुनासो गरेका थिए ।

बागलुङ नगरपालिका वडा नं २ हल्लन चोकमा रहेको इमेज सहकारीले बैशाख ६ गते संचालक समितिको बैठकको निर्णय अनुसार सहकारीका कार्यबहाक अध्यक्षले देशमा विधमान आर्थिक अवस्थाको कारण तरलता अभाव भएको भन्दै अर्को सूचना नआएसम्मको लागि कारोवार बन्द गरिएको सूचना प्रकाशित गरेपछि सेयर सदस्यहरु र बचतकर्ताहरुमा आतंक फैलिएको थियो ।

बचत डुब्ने डरले बैशाख ७ गतेदेखि बचतकर्ताहरुले सहकारीको कार्यालय घेराउ गरेका थिए ।

इमेज सहकारीमा बचतकर्ताहरुले ससाना रकमदेखि १० २० हजारदेखि, १ लाख, २ लाख, ५ लाख, १० लाख, २० लाख, ४० लाख, एक करोडदेखि सात करोडसम्म बचत गरेको खुलासा भएको छ । सहकारीको नियम विपरित अध्यक्ष र संचालकले आफू खुशी रकम दुरुपयोग गर्दा शेयर सदस्य र बचतकर्ताहरुले राखेको करौडौं रकम जोखिममा परेको छ ।

बैशाख ८ गते बचतकर्ताहरुको रकम सहकारीको र आफनो अचल सम्पत्ति बेचेर भएपनि तिर्ने वक्तव्य अध्यक्ष देव कुृमार नेपालीले प्रकाशित गरे पनि करोडौं रकम तिर्न सक्ने अवस्था बारे प्रश्न उठेको छ भने बचतकर्ता ढुंक्क हुन सकेको छैन ।

२०६९ सालदेखि बागलुङ सदरमुकाममा सेवा दिदै आएको सहकारीले बागलुङ बजारको साथै गलकोट, बुर्तिवाङ र गण्डकी प्रदेशको राजधानी पोखरामा समेत कार्यालय संचालन गरेको छ ।सहकारीका अध्यक्ष देवकुमार नेपाली ढोरपाटन नगरपालिकाका नगर प्रमुख पनि हुन् ।

सहकारीको नियमन फितलो हुँदा संचालकले सहकारीको अरबौं रकम आफूखुशी लगानी गरिरहेका छन्। सहकारीको नियम विपरित उनीहरुले छोटो समयमा धेरै नाफा कमाउने क्षेत्रमा लगानी गर्दा शेयर सदस्य र बचतकर्ताहरुको अरबौ रकम डुब्ने गरेको छ।

डुबेका अधिकांश सहकारीको व्यापार, उद्योग, घरजग्गा र सेयरमा धेरै लगानी देखिएको छ। शेयर मार्केट र घरजग्गामा लगानी गरेको रकम कारोबारमा मन्दी आएपछि समस्यामा परेको र सहकारीमा तरलताको व्यापक अभाव देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्