२६ बैशाख २०८१, बुधबार

 

इमेज सहकारीका अध्यक्ष देव कुमार नेपाली सम्पर्कविहिन, प्रहरीद्वारा खोजतलास जारी

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपाली सम्पर्कविहिन भएपछि प्रहरीले खोजि गरी रहेका छन् । अध्यक्ष नेपालीले मोबाइल अफ गरी शुक्रबारदेखि सम्पर्कविहिन भएका थिए।

अध्यक्ष नेपाली जेठ १ गते बागलुङ बजारबाट बुर्तिबाङ बजार गएका थिए । उनी सपरिवार जेठ ५ गतेदेखि सम्पर्कविहिन छन् ।

शुक्रबारदेखि अध्यक्ष नेपाली सम्पर्कविहिन भएपछि नेपालीको बारेमा खोजतलास भइ रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र खड्काले नयाँ विश्वलाई जानकारी दिनु भयो ।नेपालीले आफनो मोबाइल अफ गरेका छन् ।

नेपालीको गाडी चालक पनि सम्पर्कविहिन छन् ।अध्यक्ष नेपाली सपरिवार भागेको आशंका  गरिएको थियो ।सहकारीका अरु संचालकहरुले मोबाइल अफ गरी सम्पर्कविहिन भएका छन् ।

अध्यक्ष नेपालीले जेठ १ गते सेयर सदस्य र बचतकर्ताहरुको बागलुङ बजारमा भेला बोलाई आफनो सम्पत्ति बेचेर भएपनि सबैको पैसा फिर्तां दिने भन्दै आफूलाई छ महिनाको समय दिन अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्