७ जेष्ठ २०८१, सोमबार

 

आस्था सहकारीद्वारा मानव सेवा आश्रमको भवन निर्माणको लागि सिमेन्ट सहयोग

बागलुङ । आस्था बचत तथा ऋण सहकारीको १२ औं स्थापना दिवसको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सहयोग गरेको छ । सहकारीले आफनो स्थापना दिवसको उपलक्ष्यमा मानव सेवा आश्रमको नयाँ भवन निर्माणको लागि सिमेन्ट सहयोग गरेको हो ।

सहकारीका अध्यक्ष श्रीजय श्रेष्ठले २० बोरा सिमेन्ट आश्रमकी सञ्चालिका विपना तामाङलाई हस्तान्तरण गर्नु भएको थियो ।अहिले आश्रमको बागलुङ नगरपालिका वडा नं ४ निरेघाटमा ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन बनिरहेको छ ।सहयोग हस्तान्तरण कार्याक्रमको संचालन सहकारीका सचिव निलेश राजभण्डारीले गर्नु भएको थियो ।

कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।विसं २०६८ सालमा आस्था बचत तथा ऋण सहकारी दर्ता भएको थियो ।सहकारीको हाल एक सय ४९ जना शेयर सदस्य रहेका छन् भने ७ जना युवाहरुलाई रोजगारी दिएको छ ।

बागलुङका युवाको सक्रियतामा सञ्चालित मानव सेवा आश्रम सहयोगकै भरमा चल्दै आएको छ ।आश्रममा जन्मदिन, वैवाहिक वर्षगाँठ, संघसंस्थाको स्थापना दिवस, परिवारका दिवंगत सदस्यको स्मृति तथा अन्य कार्यहरूमा आर्थिक तथा भौतिक सहयोग आउने गरेको छ ।

बागलुङ नगरपालिका–३ किनारा टोलमा रहेको आश्रममा ४९ जनाले आश्रय लिइरहेको आश्रमका संचालक निर्मल बहादुर श्रेष्ठले बताउनु भयो । मानवसेवा आश्रम बेसहारा नागरिकलाई खान र बस्नको व्यवस्था गर्दै आएको विशुद्ध सेवामूलक संस्था हो ।

बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीनको सहारा बन्दै आएको संस्थाले सडकआश्रित मानवमुक्त राष्ट्र बनाउनुलाई आफ्नो प्रतिबद्धता बनाएको छ ।अहिले आश्रमको बागलुङ नगरपालिका वडा नं ४ निरेघाटमा ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्