७ जेष्ठ २०८१, सोमबार

 

देवकुमार नेपालीको सामान लैजान खोज्ने आफन्तलाई स्थानीयको अवरोध

बागलुङ । बचतकर्ताको अरवौ रकम हिनामिना फरार ढोरपाटन नगरपालिका मेयर देवकुमार नोपलीको घरसायी सामान लैजादै गएको अवस्थामा स्थानीयले रोकेका छन् । बुर्तिबाङ स्थित होटल दरबार र उनी बस्दै आएको घरको सामान शनिबार रातारात उठाएर लैजादै गर्दा नेपालीका आफन्तलाई स्थानीय सहकारी पीडितले अवरोध गरेका हुन् ।

नेपालीकै निर्देशनमा घरयासी सामान लान खोजिएको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन् । सहकारी बन्द गराएर फरार भएको शनिबार २३ दिन हुँदै गर्दा आफन्तले सामान निकाल्न खोजेपछि स्थानीयले रोकेका थिए ।

पीडित बचतकर्ताहरुले अरवै रकम ठगेर फरार नेपाली उनका आफन्तको सम्पर्कमा रहेकोले तत्काल अनुसन्धान गरि पक्राउ गर्न माग गरेका छन् ।

पीडितहरुले नेपालीलाइ पटक पटक अवसर दिदा पनि थप परिवारका सदस्यहरुको समेत मिलेमतो सहकारीको सम्पत्ती र देवकुमार नेपालीको सम्पत्ती जोगाउन लागि परेका छन् ।

नेपालीका भतिजले आफ्नो सामान निकाल्न खोजेको समयमा स्थानियले अवरोध गरेपछि सामान लान रोक लगाएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्