७ जेष्ठ २०८१, सोमबार

 

इमेज सहकारीमा लगाइएको शिल तोडेर प्रहरीद्वारा अनुसन्धान सुरु

बागलुङ । बचतकर्ताको करोडौ रकम हिनामिन भएको इमेज बचत तथा ऋण सहकारीको कागजात तथा कम्प्युटरमा रहेको फाइलहरुको अनुसन्धान थालिएको ।

जिल्ला प्रशासन कार्यालय बागलुङले जेठ १२ गते शिल गरेको सहकारीको कार्यालय शिल खोलेर अनुसन्धान थालिएको हो । बिहीबार सहकारी रजिष्ट्रारको कार्यलय पोखरा, जिल्ला प्रशासन कार्यलय बागलुङ, जिल्ला प्रहरी कार्यालय, बागलुङ नगरपालिकाको सहकारी शाखा, बागलुङ नगरपालिका वडा नम्वर २ र सहकारी पीडित सर्घष समितिको रोहवरमा शिल खोलेर अनुसन्धान थालिएको हो ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराका शाखा अधिकृत चोलाकान्त वाग्ले, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक मदन केसी, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक तथा अनुसन्धान अधिकृत दिपक बाबु केसी , जिल्ला प्रशासन कार्यालय नासु राम प्रसाद शर्मा, बागलुङ नगरपालिका सहकारी शाखा प्रमुख प्रेम शर्मा, वडा अध्यक्ष सुरज बोसेल संघर्ष समितिका अध्यक्ष डिल बहादुर कार्कीको रोहबरमा शिल खोले कार्यालय रहेका सम्पूर्ण कागजात तथा कम्युटर नियन्त्रण गरि आवश्यक अध्ययन सुरु गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबिको निर्देशनमा जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक मदन केसीको नेतृत्वमा अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दिपक बाबु केसी लगाएतको टोलिले जाहेरी संकलन गरि अनुसन्धान गरिरहेको छ ।
बचतकर्ताहरुको कागजातहरु सुरक्षित होस र अनुसन्धानमा सहयोग पुगोस भनि इमेज सहकारीको बागलुङ बजार कार्यालयसहित गलकोट हटिया र बुर्तिबाङ बजारमा रहेको कार्यालयहरुमा पनि सिल गरिएको थियो ।

शिल गरिएका इमेज सहकारीको कार्यालय कार्यालय खोलेर कागजात लिई अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर रहेका देवकुमार नेपाली सपरिवार सहकारीको अराबौं रकम हिनामिना गरी जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्