७ जेष्ठ २०८१, सोमबार

 

इमेज सहकारीका सञ्चालक विरुद्ध नेकपाको विरोधसभा

बागलुङ। बचतकर्ताहरुको अरबौं रकम हिनामिना गरि भागेका इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीलगाएत अन्य सञ्चालकहरुलाई तत्काल पक्राउ गरि बचतकर्ताहरुको रकम फिर्ता दिन नेकपा बागलुङले माग गरेको छ ।

शुक्रबार बागलुङ नगरपालिका वडा नं २ हल्लन चोकको इमेज सहकारीको कार्यालय अगाडि विरोधसभा आयोजना गरि बचतकर्ताहरुको माग पुरा गर्न अपिल गरेको हो ।

अरबौं रकम हिनामिना गरि बचतकर्ताहरुलाई बिचल्ली बनाउने देवकुमार नेपालीलाई पक्राउ गरि सर्वसाधारण जनताको पैसा फिर्ता गर्न प्रहरी प्रशासनले तत्काल कदम चाल्नु पर्ने नेकपा बागलुङका जिल्ला ईन्चार्ज आकाश सिले भन्नु भयो ।

शिव शिखर सहकारी र इमेज सहकारीका सञ्चालकहरुले सर्वसाधारण जनताको अरबौं रकम हिनामिना गर्दा पनि जनप्रतिनिधि, स्थानीय सरकार, प्रहरी, प्रशासन, सहकारी शाखा, सहकारी विभाग र गृह मन्त्रालयले प्रभावकारी ढंगले काम नगरेकाले बचतकर्ताहरु निरास र आक्रोशित भएको आकाश सिले भन्नु भयो ।

कार्यक्रमको संचालन नेकपा जिल्ला समिति बागलुङका सेक्रटरी क्रान्ति सिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्