४ जेष्ठ २०८१, शुक्रबार

 

बागलुङगे राजभण्डारी खलको २० औं वार्षिक भेला सम्पन्न

काठमाडौ । बागलुङगे राजभण्डारी खल, काठमाडौंको २० औं वार्षिक भेला सम्पन्न भएको छ ।शनिबार होटल याल्लो प्यागोडा होटलमा वार्षिक भेला सम्पन्न भएको हो ।

कार्यक्रममा समाजसेवी दिल विकास राजभण्डारी, सल्लाहकार केशव नर्सिङ राजभण्डारी र बागलुङगे राजभण्डारी खलका अध्यक्ष डम्बर नर्सिङ राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम बागलुङगे राजभण्डारी खल, काठमाडौंका अध्यक्ष डम्बर नर्सिङ राजभण्डारीको अध्यक्षता, सल्लाहकार राम कुमार राजभण्डारीको स्वागत र सचिव भानु रोशन राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो । २०६० मा स्थापनामा भएको बागलुङगे राजभण्डारी खल राजभण्डारीहरुको सामुहिक विकास र समाजसेवामा समर्पित छ ।

प्रतिक्रिया दिनुहोस्