बागलुङ । बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यको पहलमा जिल्लाको तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाका अग्नी पीडितलाई राहत सामग्री वितरण गरेको छ ।
कालिका भगवती गुठी र विभिन्न व्यवसायीहको सहयोगमा संकलन भएको खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको हो।
बागलुङ उद्योग वाणिज्य संघको सचिवालयमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यको रोहवरमा संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य र महासचिव ऋषिराम गौतमले निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ति, तमानखोला गाउँपालिकाका उपाध्यक्ष हिरा कुमारी छन्त्याललाई हस्तान्तरण गर्नु भएको थियो ।
त्यस्तै नेपाल रेडक्रश सोसाइटी बागलुङ शाखाले त्रिपाल लगाएतका सामग्री सहयोग गरेको छ ।
सहयोग सामग्री विभिन्न समयमा भएको आगलागि पीडितलाई परिवारलाई हस्तान्तरण गरिने पालिकाले जनाएका छन् ।



















































































































































































































