२ जेष्ठ २०८१, बुधबार

 

एकता सहकारी २५ वर्षमा प्रवेश, वर्षभरी वित्तीय साक्षरता अभियान संचालन गर्ने

बागलुङ । जिल्लाकै अग्रणी सहकारी एकता सहकारी संस्था लिमिटेड २५ औँ वर्षमा प्रवेश गरेको छ । २०५६ सालमा स्थापना भएको सहकारी २५ वर्षमा प्रवेश गरेको हो ।२५ औँ वर्ष प्रवेशको अवसरमा संस्थाका संचालक र कर्मचारीहरुले कार्यालयमा केक काटेर खुसी साटेका हुन् ।

संस्थाका संरक्षकहरु देव बहादुर श्रेष्ठ र पद्मचन्द्र राजभण्डारीले सयुक्त रुपमा दीप प्रज्वलन गरि २५ औँ वर्षगाठको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।एकता सहकारीको अहिलेसम्म १७ सय शेयर सदस्य पुगेको छ ।

बागलुङ बजारमा केन्द्रीय कार्यालय रहेको सहकारीले उपल्लाचौर, काठेखोला र गलकोटमा सेवा केन्द्र विस्तार गरि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको छ ।संस्थाको शेयर पुँजी ९ करोड ५० लाख पुगेको छ भने जगेडा कोषमा ४ करोड रुपैयाँ पु¥याएको प्रबन्धक दिपक जंग राजभण्डारीले बताउनु भयो ।

सहकारीले ३ सय जना शेयर सदस्यलाई उत्पादन, शिक्षा, वैदेशिक रोजगार,व्यापारमा ३३ करोड लगानी गरेको छ ।अहिले सहकारीमा २७ करोड बचत रहेको छ । आफ्नै भवन रहेको सहकारीको कूल सम्पत्ती ४८ करोड रहेको सहकारीका अध्यक्ष ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो ।

सहकारीले वार्षिक १ अरबभन्दा बढि कारोबार गर्दै आएको सस्थाका प्रबन्धक दिपक जंग राजभण्डारीले जानकारी दिनुभयो । सस्थामा २० जना बढिले रोजगारी पाएका छन् ।सहकारी सस्थाका शेयर सदस्यको मृत्यु हुँदा सहकारीले राहत स्वरुप २५ हजार र सदस्यको परिवारमा कुनै सदस्यको मृत्यु भएमा १० हजार प्रदान गर्दैै आएको छ ।

महिला शेयर सदस्य सुत्केरी भएमा जन्मने बच्चाको नाममा खाता खोलेर संस्थाको तर्फबाट २ हजार बचत गर्ने गरेको छ। साथै सस्थाका जेष्ठ शेयर सदस्यलाई चाडपर्व भत्ता वितरण गर्दै आएको छ ।सहकारीले आधुनिक बैँंकिङ प्रणलीमार्फत मोबाईल बैंकिङ सेवा दिदै आएको छ । २५ वर्ष पुगेको अवसरमा सहकारीले वर्षभरी वित्तीय सारक्षता अभियान सञ्चालन गर्ने अध्यक्ष शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्