३ जेष्ठ २०८१, बिहीबार

 

सिवाइसी सहकारीद्वारा ४ करोड ७५ लाखमा भवन खरिद, केन्द्रीय कार्यालयलाई व्यवस्थित बनाइने

बागलुङ । बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले बागलुङ बजारको हल्लन चोकमा दुइ तले पक्कि भवनको खरिद गरेको छ । धौलागिरिको ठूलो सहकारीको रुपमा रहेको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाले व्यवस्थित केन्द्रीय कार्यालयको लागि भवन खरिद गरेको हो ।

गत पौषमा सम्पन्न १३ औं वार्षिक साधारण सभाले सहकारीको आफ्नै जग्गामा भवन निर्माण गर्ने वा उचित ठाउँमा घर पाएको खण्डमा खरिद गर्ने निर्णय गरेको थियो । सोही निर्णय वमोजिम सहकारी रजिष्टारको कार्यालय पोखराबाट अनुमति लिई सहकारीको केन्द्रीय कार्यालय अगाडि प्रभु बैंकको बागलुङ शाखा कार्यलय रहेको सो घर ६ आना १ दाम ३ पैसामा बनेको घर ४ करोड ७५ लाखमा खरिद गरिएको हो ।

२५ वटा सदस्य सेवा केन्द्रहरु र एउटा केन्द्रीय कार्यालयबाट २५ हजार ९२ जना शेयर सदस्यलाई वित्तीय सेवा दिदै आएको छ । ३९ करोड ४६ लाख ७९ हजार हजार रुपैयाँ शेयर पुँजी रहेकोसहकारीमा १ अर्ब ३२ करोड ८ लाख २७ हजार ४ सय ४५ रुपैयाँ बचत छ भने १ अर्ब ४४ करोड करोड ९४ लाख ७५ हजार ६ सय ६ ऋण लगानी रहेको छ । सहकारीको जगेडा कोष सहित विभिन्न कोषहरुमा १० करोड १४ लाख ४ हजार ५ सय ७९ रुपैयाँको सस्थागत कोष रहेको छ ।

सहकारीसँग ३९ करोड ३३ लाख ७६ हजार ९ सय २० रुपैयाँ तरलता रहेको छ । सहकारीसँग २९ प्रतिशत तरलता रहेको प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले बताउनुभयो । सहकारीसँग २ अर्ब ९ करोड ८२ लाख ९१ हजार ७ सय ७० बराबरको कुल सम्पत्ति रहेको छ ।

सहकारीसँग कुल २५ हजार ९२ सेयर सदस्य, बाल बचतकर्ता ४ हजार ४ सय ७८ गरि कुल आवद्धना २९ हजार ५ सय ७० छन् । ६ हजार ७ सय ३८ जना ऋणी छन् । सवै तिर लगानी रोकिएको बेला सिवाईसीले भने नियमित कारोवार गर्ने, नियमित बचत गर्ने असल सदस्यलाई दुःखमा होस या सुखमा साथ दिदै आएको जनाएको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व, सदस्य सुरक्षा, सदस्य लाभ र सुविधा कार्यक्रमहरु अर्धदैहिक राहत, जेष्ठ नागरिक, एकल महिला पेन्सन, सुत्केरी भेटघाट तथा पोषण सुविधा, जेष्ठ नागरिक औषधि उपचार सुविधा, दुर्घटना राहत सुविधा, आवास सुरक्षा सुविधा, शैक्षिक सुविधा, छात्रवृत्ति,जेष्ठ नागरिक तिर्थाटन, चौरासी पूजा, ब्रतबन्धमा भेटघाट, नयाँ दुलही स्वागत, ब्लड कलिब सेवालाई प्रभावकारी रुपमा निरन्तरता दिइरहेको छ । २०६६ चैतमा २८ जनाले सिवाइसी बचत तथा ऋण सहकारी संस्था दर्ता गरेको थियो ।

सहकारीले ८० जनाबाट कारोबार थालनी गरेको थियो । संस्था दर्ता गरेपनि २०६७ आश्विन २२ गतेसम्म तयारीकै अवस्थामा अल्मलिएको सहकारीले २०६७ आश्विन २२ गते घटनस्थापनाको दिनबाट ८० जना शेयर सदस्यहरुले एक÷एक लाख शेयर पुँजी राखेर संचालनमा ल्याएको अध्यक्ष शर्माले बताउनुभयो ।

उहाँले सुरुका दिनहरु अत्यन्त कठिन र चुनौतीपूर्ण रहेपनि विस्तारै सबैको मन जित्दै अगाडि बढीरहेको बताउनुभयो । समाजमा रहेको पुँजीलाई एकत्रित गरी स्वरोजगारका अवसरबाट विकासको मूल प्रवाहमा आउन नसकेका व्यक्ति र समुदायहरुलाई आर्थिक र सामाजिक रुपमा सक्षम बनाउँदै “हुने खानेको पैसा हँुदा खानेमा पु¥याउने, हुँदा खानेलाई, हुने खानेबनाउने” सोच र प्रतिबद्धताका साथ सिवाईसीको स्थापना भएको सहकारीका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले नयाँ विश्वलाई बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्