१७ बैशाख २०८१, सोमबार

 

विभिन्न कार्यक्रमका साथ ग्रीन डेभलपमेन्ट बैंकको ११ औं वाषिर्कोत्सव सम्पन्न

ग्रीन डेभलपमेन्ट बैंकको ११ औं वाषिर्कोत्सवको सम्पन्न भएको छ । बागलुङका व्यवसायीहरूको सक्रियतामा २०७० सालमा खुलेको बैंकले गण्डकी प्रदेशका ५ जिल्लाका १५ शाखामा विभिन्न कार्यक्रम गरि ११ औं वाषिर्कोत्सवको मनाएको हो ।

बागलुङ शाखाले ११ औं वाषिर्कोत्सवको अवसरमा कुश्मा नगरपालिका १ अदुवाबारी स्थित एसियाकै लामो पुल वरपर वृक्षरोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा अशोक, इन्द्रकमल, कपुरलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो ।

पाङ युवा क्लव र पाङ कृषि सहकारीको समन्वयमा वृक्षरोपण तथा सरसफाई गरिएको हो । बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठ, बागलुङ शाखा प्रबन्धक हरि अधिकारी लगाएत बैंकमा कर्मचारी, पाङ युवा क्लवका अध्यक्ष जयराम सुवेदी लगाएतका सदस्य, पाङ कृषि सहकारीका अध्यक्ष विज्ञान वम मल्ल, प्रबन्धक सन्देश केसी लगाएतले वृक्षरोपण तथा सरसफाई गरेका थिए ।

पर्यटकिय क्षेत्रमा हरियाली प्रवर्धनमा सहयोग पु¥याउने उद्देश्यले वृक्षारोपण गरिएको शाखा प्रबन्धक हरि अधिकारीले नयाँ विश्वलाई बताउनु भयो।

वाषिर्कोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यलय पोखरामा रक्तदान गरि ५२ युनिट रगत शंकलन भएको छ । म्याग्दी शाखाले गलेश्वर धाममा रहेको आश्रममा १५ थान कुर्ची हस्तान्त्रण गरेको छ । नवलपरासीको दलदले शाखाबाट बजार क्षेत्रमा फोहर व्यवस्थापन गर्न डस्टविन सहयोग गरिएको छ ।

कास्की शाखाबाट पोखरा कुष्ट रोग निवारण संघलाई आर्थिक तथा खाद्यान्न, नेपाल दृष्टि बिहिन संघ कास्कीलाई २० थान सेतो छडी हस्तान्त्रण, पोखरा ड्याम साइडको वन संरक्षणको लागि आर्थिक सहयोग गरिएको छ । त्यसैगरि दमौली शाखाले दमौलीको मस्जीत विद्यालयमा फर्निचर सहयोग गरेको छ ।

बैंकले वाषिर्कोत्सवको अवसरमा सस्थापक शेरधनिहरु संग अन्र्तक्रिया समेत आयोजना गरिएको छ । बैकले स्थापना काल देखि १० वर्ष पुरा काम गर्नु भएका बागलुङ शाखाका सुपरभाइजर निशा थापा सम्मान गरेको छ ।

वाषिर्कोत्सवको अवसर पारेर पोखराको न्युरोड शाखामा लकर सुविधा व्यवस्था गरेको र निकट भविश्यमा बागलुङ शाखाबाट पनि लकर सुविधाको व्यवस्था गर्ने शाखा प्रबन्धक हरि अधिकारीले बताउनु भयो।

बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानीय स्तरमा छरिएको पुँजीलाई एकीकृत गर्नुका साथै उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जा उपलब्ध गराउँदै आएको छ ।

बैंकले उद्योग, व्यापार, पशुपालन, कृषि, पर्यटनजस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ । त्यस्तै न्यून आय भएका वर्गलाई लक्षित गरी सामूहिक जमानीमा विपन्न वर्ग कर्जासमेत प्रवाह गर्दै बैंकका संचालक कृष्णशंकर श्रेष्ठले जानकारी दिनु भयो ।

बागलुङ, म्याग्दी, कास्की, नवलपरासी गरी ५ जिल्लाबाट सेवा दिइरहेको बैंकसँग ५१ करोड ९० लाख रुपैयाँको कुल सेयर पुँजी छ । बैंकले ३ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ भने बचत ४ अर्व १० करोड जनाएको छ ।

बैंकले ९३ जना युवाहरुलाई रोजगारी दिएको छ । २०७६ बाट गण्डकी प्रदेशको राजधानी पोखरामा केन्द्रीय कार्यालय राखेर बैंकले अत्याधुनिक सुविधासहित सेवा दिइरहेको ग्रीन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्