३ जेष्ठ २०८१, बिहीबार

 

देउराली प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बागलुङ । बागलुङ नगरपालिका ४ निवासी नन्द प्रसाद उपाध्याय आचार्य तथा नन्दकली उपाध्याय आचार्य स्मृति कोषबाट देउराली प्राथमिक विद्यालय ओडारचौरका विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ ।

शिवराम आचार्य, पशुपति आचार्य, यज्ञवल्लभ आचार्य र राजेन्द्र आचार्यले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको २ लाख २२ हजार २ सय २२ रुपयाँको कोषको व्याजबाट सो विद्यालयमा अध्यनरत २६ जना विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मी आचार्यले नयाँ विश्वलाई बताउनु भयो ।

सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाकाका उपप्रमुख राजु खड्काले नीजिको तुलनामा सामुदायिक विद्यालयको अवस्था दयनिय रहेको भन्दै आचार्य परिवारले स्थापना गरेको कोषले विपन्न वर्गका बालबालिकाको पठनपाठनका लागि केही सहज हुने बताउनुभयो । उप प्रमुख खड्काले नगर भित्रको क्षिक्षा क्षेत्र सुधारका लागि अहिले विद्यालयहरुको अवस्थाको बारेमा अनुगमन भैरहेको र अनुगनपछि आउने प्रतिवेदनको आधारमा काम गर्ने तयारी भएको बताउनु भयो ।

कोषका संस्थापक शिवराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, झरना स्मृति कोषका संस्थापक बुद्धि बहादुर केसी, नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापती जगन्नाथ आचार्य, समाजसेवी लालचन्द्र राजभण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु कुमारी शर्मा बिजुला,आत्म ज्ञान केन्द्र बागलुङका शोभा केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा झरना स्मृति कोषबाट ३ जनालाइ जेहेन्दार विद्यार्थीलाई छात्रवृति वितरण गरिएको थियो ।

कार्यक्रममा सुझाव आचार्यले स्वागत गर्नु भएको कार्यक्रमको संचालन प्रकाश शर्माले गर्नु भएको थियो । २ लाख २२ हजार २ सय २२ रुपयाँको कोषलाई वृद्धिगरि ५ लाख पु¥याउने कोषका सस्थापक शिवराम आचार्यले बताउनु भयो । अभिभावकले विद्यालय सुधारमा ध्यान दिन आवश्यक रहेको भन्दै देउराली प्राथमिक विद्यालयलाई नमुना विद्यालय बनाउनको लागि आफू सहयोग गर्न तयार रहेको बताउनु भयो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्