३ जेष्ठ २०८१, बिहीबार

 

विपत व्यवस्थापनमा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला

बागलुङ । विद्यालय तहमा पढ्ने बालबालिकालाई विपतबारे जानकारी दिंदा भविष्यमा हुने जोखिम न्युनिकरणमा सहयोग मिल्ने सरोकारवालाले बताएका छन् । विपत बारे आम नागरिकले थाहा पाउनु पर्ने र त्यसको जोखिम न्युनिकरणका उपाय पनि थाहा पाउनुपर्ने उनीहरुको जोड थियो ।

नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको जुनियर युवा रेडक्रस समितिको आयोजना र कालीगण्डकी आवासिय मावि युवा रेडक्रस सर्कलको सहआयोजनामा भएको विपत व्यवस्थापनमा विद्यार्थीको भूमिका विषयक वक्तृत्व कलामा सहभागिले आम नागरिकलाई विपत बारे थाहा हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमको प्राविधिक सहयोग समुदायमा आधारित वृहत स्वास्थ्य परियोजनाको सिसिबिएचपीले गरेको थियो । शुक्रबार भएको वक्तृत्व कलामा जिल्लाका ४३ विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा अमर आदर्श माविका प्रान्जल पौडेल प्रथम, सिद्धार्थ शिक्षा सदनकी सिम्रन सुवेदी द्धितिय, कालीगण्डकी आवासिय माविका संजय राई तृतीय रअमर मावि बिहुँका सफल कँडेल सान्त्वना भएका छन् ।

उनीहरुलाई भदौ १९ गते हुने नेपाल रेडक्रस सोसाइटी दिवशको अवसरमा पुरस्कार प्रदान गरिने बताइएको छ । समितिका संयोजक जीवननाथ शर्मा रेग्मीको अध्यक्षता, कालीगण्डकी आवासीय माविका शिक्षक केदार शर्माको संचालन र कविराज जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले योजनाबद्ध काम गर्दा विपतबाट बच्न सकिने बताउनु भयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सभापति जगन्नाथ आचार्य, उपसभापति सीता शर्मा, प्याब्सन बागलुङको अध्यक्ष दल थापा र एन प्याब्सन बागलुङका अध्यक्ष निसान खड्काले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्