१७ बैशाख २०८१, सोमबार

 

इमेज सहकारी पीडितले भेटे बागलुङका नव आगन्तुक प्रजिअ रिजाल

बागलुङ। इमेज बचत पीडित संघर्ष समितिले जनताको बचतकर्ताको अरबौ रुपियाँ हिनामिना गरेर फरार भएका इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देव कुमार नेपालीलाई पक्राउ गर्न माग गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । संघर्ष समितिले बुधबार बागलुङका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई भेटी ध्यानाकर्षण गाराएका हुन् ।

इमेज बचत पीडित संघर्ष समितिका अध्यक्ष डिल बहादुर कार्की लगाएतको टोलीले बचतकर्ताको अरबौ रुपियाँ हिनामिना गरेर भागेका देव कुमार नेपाली विगत चार महिनादेखि फरार नेपालीको खोजिकार्य प्रभावकारी बनाउन माग गरेका छन् ।

सहकारीका वचतकर्ताको रकम लिई फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको जिल्ला प्रहरी कार्यलयले बताएपनि सहकारी पीडितहरुले उक्तकुरामा भरोसा गर्न नसकेको बताएका छन् ।

बहालवाला जनप्रतीनिधि यती लामो समयदेखि फरार हुँदा पनि सरकार र सरकारका निकायहरुले गम्भीर अनुसन्धा र खोजतलास गरेर नेपालीलाई कानुुनी दायरामा ल्याउन नसक्दा बतकर्ताहरुमा घोर निरासा छायको छ । संघर्ष समितिले सरकारका सबै निकायमा पुगेर समस्याको अवगत गराउँदा समेत सरकारको तर्फबाट गर्ने काम प्रभावकारी हुन नसक्नु दुखद भएको बताए ।

नव आगन्तुक प्रमुख जिल्ला अधिकारी रिजालले सहकारीका वचतकर्ताको रकम लिई फरार भएका नेपालीको बारेमा अनुसन्धान गर्न सकेसम्मको पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नेपाली गत जेठ ५ गतेदेखि सपरिवार सम्पर्कविहीन भएका छन्। बाग्लुङमा मुख्य कार्यालय र पोखरा, गलकोट र बुर्तिवाङमा शाखा कार्यालय सञ्चालन गरी मेयर नेपालीले बचतकर्ताको रकम लिएर फरार भएका हुन्।

मेयर नेपाली फरार भएपछि उजुरी आह्वान गरिएको थियो। मेयर नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १ हजार ४ सय ८१ जनाले उजुरी दिएका थिए। बागलुङमा मात्रै सहकारीले ८ सय सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको डेढ अर्ब बढी रकम अपचलन गरेको प्रारम्भिक छानबिनले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्