१७ बैशाख २०८१, सोमबार

 

बागलुङ नगरपालिकाद्वारा विद्यार्थी र विद्यालयलाई सम्मान

बागलुङ । बागलुङ नगरपालिकाले एक कार्यक्रमकाबिच विभिन्न विधामा विद्यार्थीै र विद्यालयलाई सम्मान गरेको छ ।

नगरपालिकाले आयोजना गरेको प्रधानाध्यापकहरुको बैंठकको अवसरमा बालदिवसको दिन नगरपालिकाले आयोजना गरेको बाल दिवसको अवसरमा बालमैत्री नगरपालिका घोषणा गर्न नगरप्रमुखलाई चिठी विषयक निबन्ध लेखन प्रतियोगितामा बिजेता विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको थियो ।

यस्तै एसईइमा चार जिपिए ल्याउने विद्यार्थी र नगरका पाँच सामुदायिक तथा नीजि विद्यालयलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा निबन्ध लेखनमा गणेश माध्यामिक विद्यालयका प्रथम अभिषेक विक, सिगाना माध्यामिक विद्यालयका कविता खत्री द्धितीय, त्रिभुवन माध्यामिक विद्यालयका समीक्षा पन्त तृतीय र कालिका कन्या मन्दिरका कुशल कँडेल सान्त्वना हुनु भएको थियो ।

उहाँहरुलाई नगद क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार सहित सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

पोखरेलका अनुसार एसईईमा चार जिपिए ल्याउने रक्षा घिमिरे, प्रतिक घिमिरे, सायन भण्डारी, सुमन नेपाली, विवेक परियार, सुवास शर्मा र आशिस केसीलाई सम्मान गरिएको थियो ।

यस्तै नगरपालिकाले गशेण माध्यामिक विद्यालय, रुद्रेपिपल माध्यामिक विद्यालय, भिमगिठे माध्यामिक विद्यालय, न्यूरो ओएसिस एकेडेमी र आदर्श विद्यामन्दिरलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाले २०८१ पुष भित्रै बालमैत्री सुशासन युक्त नगरपालिका घोषणा गर्नका लागि आवश्यक सूचक पुरा गर्न विद्यालयहरुलाई अनुरोध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्