३ जेष्ठ २०८१, बिहीबार

 

निसिखोलामा शैक्षिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बागलुङ ईन्चार्ज गोविन्द पौडेल प्रविणले नेपालको राजनैतिक तथा सामाजिक परिवर्तनका लागि शिक्षक संगठनको भूमिका महत्वपुर्ण रहेको बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन निसिखोला गाउँपालिका समितिको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रम तथा शैक्षिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

उहाँले नेपालमा समाजवादी शिक्षा नीति लागु गर्न समाजवादी क्रान्तिको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश ईन्चार्ज झपिन्द्र क्षेत्रीले सरकारले संसद्ममा पेश गरेको विद्यालय शिक्षा विधेयक २०८०, नेपाल सरकार र शिक्षक महासंघ बीच भएको सहमति, संगठनको वर्तमान अवस्था, बहुउद्देश्यीय भवन निर्माण , शिक्षक आन्दोलनको स्वरुप र आगामी कार्यक्रमको बारेमा प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो ।

उक्त अवसरमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुदिप कुँवर, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बागलुङका संयोजक राजिव घिमिरे , एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष वीर बहादुर चोखाल, दलित मुक्ति मोर्चा गण्डकी प्रदेशका अध्यक्ष कुविर विक, निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्ती एकीकृत अखिल नेपाल शिक्षक संगठन ढोरपाटन नगर समिति अध्यक्ष थमनाथ पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको अवसरमा शिक्षक सेवा आयोगबाट विभिन तहमा स्थायी नियुक्ति हुनुभएका शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक संगठन निसीखोला गाउँ समितिका अध्यक्ष ईन्द्रलाल रेग्मीको अध्यक्षता, गण्डकी प्रदेश समितिका सदस्य उमानन्द रेग्मीको स्वागत र निसिखोला गाउँसमितिका सचिव पुर्ण अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्