५ जेष्ठ २०८१, शनिबार

 

मेची-महाकाली उद्धार यात्रा : बागलुङ र पर्वतबाट ५ जनाको उद्धार

बागलुङ । सहयोगापेक्षी सडकआश्रित मानवको उद्धारका लागि मेची महाकाली यात्रामा रहेको मानवसेवा आश्रमको टोलीले मंगलबार बागलुङ र पर्वतबाट पाँच जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरेको छ ।

सडकमा कोही पनि व्यक्ति आश्रित नरहुन् भन्ने उद्देश्यले गत असोज २७ गतेदेखि अभियानको सुरू भएको थियो ।

यस अभियान अन्तर्गत मंगलबार बागलुङ आएको टालीले बागलुङबाट २ र पर्वतबाट ३ जनाको उद्धार गरेको मानवसेवा आश्रम बागलुङका सञ्चालक निर्मल बहादुर श्रेष्ठले जानकारी दिनु भयो । उद्धारका लागि निस्किएको टोलीले बागलुङ नगरपालिका – २ ऐश्वर्य पार्क नजिकैबाट १ जना, बागलुङ नगरपालिका – ३ चिप्लेटी बसपार्कबाट १ जना र पर्वतबाट ३ जनालाई उद्धार गरिएको छ ।

मंगलबार उद्धार गरिएका ५ जनालाई कास्कीको हेम्जामा रहेको मानवसेवा आश्रममा लगिएको मानवसेवा आश्रम बागलुङका सञ्चालिका विपना तामाङले बताउनु भयो । बागलुङको मानवसेवा आश्रममा ५० जना सडक मानवले आश्रय लिइरहेका छन् ।

यसैबीच मानवसेवा आश्रम बागलुङले सहयोगापेक्षी सडक आश्रित मावनको राष्ट्रिय उद्वार टोलीलाई बागलुङ नगरपालिकाले स्वागत गरेको छ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सडक मानवहरुको उद्धारका लागि संचालित मेची महाकाली पवित्र मानविय कार्य भएको बताउनु भयो।

कार्यक्रममा आगामी २०८२ भित्र सडक मानवमुक्त राष्ट्र बनाउने लक्ष्य लिएकाले यसलाई सफल पार्न सबैले साथ दिनुपर्ने मानसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले आग्रह गर्नु भयो ।

सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी वेसहारा, असहाय, अशक्त, अनाथ, शारीरिक तथा मानसिक रूपमा कमजोर व्यक्तिहरुको लागि मानव सेवा आश्रम सहारा बनिरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्