२८ बैशाख २०८१, शुक्रबार

 

सिवाईसी साकोसको मुक्तिनाथ सेवा केन्द्र र कल्याणकारी सेवा केन्द्रको संयुक्त वार्षिक साधारणसभा सम्पन्न

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारीको मुक्तिनाथ सदस्य सेवा केन्द्र र कल्याणकारी सदस्य सेवाकेन्द्रको संयुक्त चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बुधबार भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद कृष्ण पाठकले सहकारीले सेयर सदस्यको हितमा सहि ढंगले काम गरे गाउँ र शहरमा भएका धेरै विपन्न सेयर सदस्यहरुको जिवनमा परिवर्तन आउने र धेरै परिवार सहकारीमा जोडिने बताउनु भयो ।

कार्यक्रमका सिवाईसी बचत तथा ऋण सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले सिवाइसी सहकारीले इमान्दार र जवाफदेहि ढंगल संचालन भएको जानकारी गराउँदै हुने खानेको पैसा हुँदा खानेमा पु¥याई उनीहरुको चाउरिएको मुहारमा आशाको सञ्चार जगाइ करोडौंको सपना देख्ने र करोडपति बनाउने अभियानमा संस्था रहेको बताउनु भयो ।

जनताको पैसा जनतामा नै लगानी गरेको, संस्थाका कोषहरु बलियो रहेको, शेयर पुँजी बलियो रहेको, संचालक, कर्मचारी र सदस्य जिम्मेवार भएको संस्थालाइ कसैले केही पनि गर्न नसक्ने बताउदै साधारण सभामा शेयर सदस्यले दिएको सुझाव, सल्लाह, उत्प्रेरणा, पृष्ठपोषण, गाली र तालीले संचालकलाइ वर्षभरी उत्प्रेरित भइ काम गर्न ताकत दिने अध्यक्ष पौडेलको भनाइ रहेकोे थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका निवर्तमान मेयर जनकराज पौडेल, नेपाल रेडक्रस सोसाइटीका बागलुङ शाखा सभापति जगन्नाथ आचार्य, जिल्ला सहकारी संघ, बागलुङका सचिव तेजप्रसाद शर्मा, बागलुङ नगरपालिकाका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्मा, सहकारीका  संस्थापक उपाध्यक्ष पार्वती आचार्य, पूर्वसल्लाहकार तथा सिवाईसी नेपालका संरक्षक पद्यनाथ शर्मा, जेष्ठ नागरिक डा कृष्ण बहादुर श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सहकारीका सचिव जयराम भारी प्रगति प्रतिवेदन र कोषाध्यक्ष सीता सापकोटा कँडेल आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सेवाकेन्द्रको प्रतिवेदन दुवै सेवा केन्द्रका प्रमुखहरु कमल तिवारी र प्रकाश गौतमले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षता, सह—सचिव सुवास आचार्यको स्वागत र सचिव जयराम भारीको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा दुई जना असल वाल बचतकर्ता, दुई जना असल ऋणि उद्यमी, दुई जना असल बचतकर्ता, दुई जना असल सेयर सदस्यलाई सम्मान गरिएको थियो । आठ जनालाई असल ऋणि परिचय पत्र नविकरण, छ जनालाई नयाँ असल ऋणि परिचय पत्र प्रदान गरिएको थियो । ८० वर्ष पुरा गरेका २५ जना जेष्ठ नागरिक सेयर सदस्यहरुलाई पाँच हजार बराबरको दरले औषधी खर्च प्रदान गरिएको थियो ।

यस सहकारीले १ सय १६ युवालाई रोजगारी दिएको छ । सहकारीको सेयर सदस्य संख्या २५ हजार ३ सय, बालबचतकर्ता ४ हजार ७ सय ५० सेयर पुँजी ३९ करोड ४४ लाख ४४ हजार, लगानी १ अर्व ४५ करोड ९३ लाख ७९ हजार १ सय १९, बचत १ अर्व ३८ करोढ ४५ लाख ०१ हजार ५ सय ८६ रुपैयाँ रहेको छ । अहिले सहकारीमा असार मसान्तसम्म ४७ करोड ५४ हजार ३ सय २३ रुपैयाँ गरी बैंक तथा नगद मौजाद रहेको छ । जुन कुल बचतको ३३.९५ रहेको छ ।

विसं २०६६ चैत्र २६ स्थापना भएको सिवाईसी बचत तथा ऋण सहकारीले २०६७ असोज २२ गते घटस्थापनाको दिन कारोबार सुरु गरेको थियो ।

२८ जना सेयर सदस्यहरुको पहलमा सहकारी सञ्चालनमा आएको थियो । बागलुङ नगरपालिका-२ हल्लन चोकमा प्रमुख कार्यालय रहको यस सहकारीको २५ स्थानमा सेवाकेन्द्र रहेको छ ।

आगामी १६ गते सहकारीले आफनो १४ औं वार्षिक साधारणसभा बागलुङ बजारमा आयोजना गर्न लागेको सहकारीका  कार्यकारी प्रमुख नवराज शर्मालेले नयाँ विश्वलाई बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्