२८ बैशाख २०८१, शुक्रबार

 

बागलुङ गलकोट बहुउद्देश्यीय सहकारीको अध्यक्षमा एलिजा गौतम

बागलुङ । बागलुङ गलकोट बहुउद्देश्यीय सहकारीको अध्यक्षमा एलिजा गौतम सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न सहकारीको १६ औं साधारणसभाले गौतमको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हुम बहादुर थापा, सचिवमा भक्ति राम न्यौपाने, सहसचिवमा दलबहादुर थापा, कोषाध्यक्षमा शेरबहादुर खड्का र सदस्यहरुमा सिता सुवेदी, नेत्रलाल न्यौपाने, निर्मला श्रेष्ठ, खुम कुमारी पौडेल, कृष्ण प्रसाद गौतम, सरिता पाण्डे सर्वसम्मत चयन भएका छन् ।

लेखा समितिको संयोजकमा हरि सुवेदी, सदस्यहरुमा हिरा कँडेल र सरस्वती शर्मा रहेका छन् ।कार्यक्रमा सहकारीको जेष्ठ सेयर सदस्य लाल बहादुर रेग्मी, सेयर सदस्यहरु कल्पना रेग्मी, आनन्द राज सिलवाल, सहकारीको संस्थापक अध्यक्ष प्रा. डा. दिन बहादुर थापा, सल्लाहकार ध्रुव राज गौतम र सहकारीका अध्यक्ष रविन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा प्रगति प्रतिवेदन सचिव भक्तिराम न्यौपानेले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष एलिजा गौतमले र लेखा प्रतिवेदन लेखा समितिका संयोजक पूर्ण राज रेग्मीले प्रस्तुत गर्नु गरेका थिए ।

कार्यक्रममा बागलुङ गलकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष रविन्द्र श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष ओमबहादुर थापाको स्वागत र सचिव भक्तिराम न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

विसं २०६४ कार्तिक २३ गते नगरपालिका २ जिप पार्कमा प्रा. डा. दिनबहादुर थापाको नेतृत्वमा बागलुङ गलकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड संचालनमा आएको थियो । यस सहकारीले चार जना युवालाई रोजगारी दिएको छ । अहिले सहकारीको सेयर सदस्य संख्या ३ सय ४३ जना र सेयर पुँजी १ करोड ५९ लाख ७७ हजार रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्