२७ बैशाख २०८१, बिहीबार

 

प्रगति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः कुमार पौडेल

बागलुङ । प्रगति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः कृष्ण प्रसाद पौडेल (कुमार) सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बागलुङ बजारमा सम्पन्न सहकारीको १७ औँ साधारणसभाले पौडेलको नेतृत्वमा ११ सदस्यीय संचालक समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा तोयानाथ गौतम, सचिवमा बालकृष्ण शर्मा, सहसचिवमा नारायणदत्त रेग्मी र कोषाध्यक्षमा लक्ष्मीप्रसाद पौडेल चयन भएका छन् । समितिको सदस्यमा विजयराज पन्त, विष्णुप्रसाद शर्मा, रञ्जिता शर्मा, गंगादेवी शर्मा, हुमादेवी खड्का र विष्णुनाथ गौतम रहेका छन् ।

सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा महादेव सापकोटा, सदस्यमा मुरारी सापकोटा र चन्द्रकली शर्मा सर्वसम्मत चयन भएको निर्वाचन उपसमिति संयोजक दिपक गौतमले जानकारी दिए । निर्वाचित समितिको घोषणा निर्वाचन समितिका सदस्य भिम गौतमले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय संचालक दिपक गौतम, सल्लाहकार डा. सुदर्शन शिलवाल, डा. डिल्लीराज गौतम, टिकाराम सापकोटा, काँठेखोला गाउँपालिका वडा नं ४ का लक्ष्मण पुन र राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा उत्कृष्ट कारोबारी, जेष्ठ शेयर सदस्य लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन सचिव उदयचन्द्र चापागाई र आर्थिक प्रतिवेदन सहसचिव बालकृष्ण शर्माले प्रस्तुत गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल (कुमार) को सभापतित्वमा, स्वागत उपाध्यक्ष तोयानाथ गौतमले र सञ्चालन सचिव उदयचन्द्र चापागाईले गरेका थिए । निर्वाचित समितिको घोषणा निर्वाचन समितिका सदस्य भिम गौतमले गरेको थियो ।

विसं २०६४ सालमा ३२ जना शेयर सदस्यहरुको पहलमा बागलुङ नगरपालिका २ धौलागिरि चोकमा महादेव सापकोटाको नेतृत्वमा प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड संचालनमा आएको थियो । यस सहकारीले आठ जना युवालाई रोजगारी दिएको छ ।अहिले सहकारीको सेयर सदस्य संख्या १ हजार १४ जना र सेयर पुँजी ७ करोड ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्