२७ बैशाख २०८१, बिहीबार

 

सिवाईसी बचत तथा ऋण सहकारीको १४ औं साधारणसभा सम्पन्न

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारीको १४ औं साधारणसभा सम्पन्न भएको छ ।

शनिबार बागलुङ बजारमा सम्पन साधारणसभामा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, सहकारीका पूर्वसल्लाहकार वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मा, जिल्ला समन्वयन समिति बागलुङका सदस्य एवं सिवाईसी साकोसका पूर्वसंचालक सदस्य हर्क बहादुर पाण्डे, बडिगाड गाउँपालिका प्रमुख एवं सिवाईसी साकोसका पूर्वउपाध्यक्ष गण्डकी थापा अधिकारी, सल्लाहकार सिता शर्मा, जैमिनी नगरपालिका पूर्व नगर प्रमुख तथा मंगल सदस्य सेवाकेन्द्रका परामर्शदाता इन्द्रराज पौडेल,एकता सहकारीका पूर्वअध्यक्ष कृष्ण शंकर श्रेष्ठ र सिवाईसी बचत तथा ऋण सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभा सहकारीका सचिव जयराम भारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सिता देवी सापकोटा कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सिवाईसी बचत तथा ऋण सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षता, सहसचिव सुभास आचार्यको स्वागत र सचिव जयराम भारीको संचालनमा सम्पन्न भएको थियो ।

हाल सहकारीको सेयर सदस्य संख्या २५ हजार ३ सय, बालबचतकर्ता ४ हजार ७ सय ५० सेयर पुँजी ३९ करोड ४४ लाख ४४ हजार, लगानी १ अर्व ४५ करोड ९३ लाख ७९ हजार १ सय १९, बचत १ अर्व ३८ करोढ ४५ लाख ०१ हजार ५ सय ८६ रुपैयाँ रहेको छ । अहिले सहकारीमा असार मसान्तसम्म ४७ करोड ५४ हजार ३ सय २३ रुपैयाँ गरी बैंक तथा नगद मौजाद रहेको छ । जुन कुल बचतको ३३.९५ रहेको सहकारीका कार्यकारी प्रमुख नवराज शर्माले नयाँ विश्वलाई बताउनु भयो ।

विसं २०६६ चैत्र २६ स्थापना भएको सिवाईसी बचत तथा ऋण सहकारीले २०६७ असोज २२ गते घटस्थापनाको दिन कारोबार सुरु गरेको थियो ।

२८ जना सेयर सदस्यहरुको पहलमा चण्डी प्रसाद शर्माको नेतृत्वमा सहकारी सञ्चालनमा आएको थियो । बागलुङ नगरपालिका-२ हल्लन चोकमा प्रमुख कार्यालय रहको यस सहकारीको २५ स्थानमा सेवाकेन्द्र रहेको छ । यस सहकारीले १ सय १६ जना युवालाई रोजगारी दिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्