२७ बैशाख २०८१, बिहीबार

 

सिवाईसी सहकारीको अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा सर्वसम्मत चयन हुनु भएको छ । शनिबार बागलुङ बजारमा भएको सहकारीको १४ औं वार्षिक साधारण सभाबाट १५ सदस्यीय संचालक समिति निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा सिता देवी सापकोटा कँडेल, सचिवमा ज्ञानेन्द्रराज पन्त, सहसचिवमा सुवास आचार्य, कोषाध्यक्षमा मोहन प्रसाद उपाध्याय निवार्चित हुनुभएको छ । सदस्यहरुमा मोतिराम गौतम, कृष्णप्रसाद रिजाल, पुतली थापा, चुडामणी कँडेल, राम बहादुर खत्री, इन्दिरा पान्डे पन्त, भोलानाथ आचार्य, गोपाल कुमार शर्मा, सिर्जना अधिकारी पौडेल र अनिता सापकोटा निर्वाचित हुनुभएको छ ।

सहकारीको लेखा समितिको संयोजकमा पदमपाणी शर्मा, सदस्यमा केशवप्रसाद वझा र सितादेवी सापकोटा कँडेल निर्वाचित हुनु भएको छ । सिवाईसी सहकारीको मंसिर ६ गतेदेखि सुरु भएको १४ औं साधारण सभा शनिबार सम्पन्न भएको हो ।

सहकारीको सेयर सदस्य संख्या २५ हजार ३ सय, बालबचतकर्ता ४ हजार ७ सय ५० सेयर पुँजी ३९ करोड ४४ लाख ४४ हजार, लगानी १ अर्व ४५ करोड ९३ लाख ७९ हजार १ सय १९, बचत १ अर्व ३८ करोढ ४५ लाख ०१ हजार ५ सय ८६ रुपैयाँ रहेको छ । अहिले सहकारीमा असार मसान्तसम्म ४७ करोड ५४ हजार ३ सय २३ रुपैयाँ गरी बैंक तथा नगद मौजाद रहेको छ । जुन कुल बचतको ३३.९५ रहेको सहकारीका कार्यकारी प्रमुख नवराज शर्माले नयाँ विश्वलाई बताउनु भयो ।

विसं २०६६ चैत्र २६ स्थापना भएको सिवाईसी बचत तथा ऋण सहकारीले २०६७ असोज २२ गते घटस्थापनाको दिन कारोबार सुरु गरेको थियो ।

२८ जना सेयर सदस्यहरुको पहलमा चण्डी प्रसाद शर्माको नेतृत्वमा सहकारी सञ्चालनमा आएको थियो । बागलुङ नगरपालिका-२ हल्लन चोकमा प्रमुख कार्यालय रहको यस सहकारीको २५ स्थानमा सेवाकेन्द्र रहेको छ । यस सहकारीले १ सय १६ जना युवालाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्