२५ बैशाख २०८१, मंगलवार

 

बागलुङ बहुउद्देश्यीय सहकारीको २२ औं साधारणसभा सम्पन्न

बागलुङ । बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार कार्यक्रमको उद्द्दाटन गर्दै जेष्ठ सदस्य तथा संरक्षक देवबहादुर श्रेष्ठले सहकारी नीति र सिद्धान्त अनुसार संचालन भए समस्या नआउने बताउनुभयो ।

सहकारीलाई बलियो बनाउन शेयर सदस्यको महत्वपूर्ण भूमिका हुने भन्दै सबै जिम्मेवार बन्नु पर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा संस्थाका सहसचिव उषा पौडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजेन्द्रप्रसाद शाक्यले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक महेन्द्रसिंह रायमाझीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न विधामा ८९ जना सेयर सदस्यहरुलाई नगदसहित सम्मान गरिएको थियो । सो अवसरमा ग्रीन डेभलभ मेन्ट बैंकका अध्यक्ष गणेश शंकर श्रेष्ठ, सम्मानित शेयर सदस्यबाट रामप्रसाद खनाल, सल्लाहकार श्यामप्रसाद श्रेष्ठ, सेयर सदस्य वेद प्रसाद शर्मा र खड्ग कुमारी क्षेत्री संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम बागलुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक गोविन्द राजभण्डारीको अध्यक्षता, सदस्य निर्मला जिसी पन्तको स्वागत, सहसचिव उषा पौडेल र प्रबन्धक दिनेश पन्तको संचालनमा सम्पन्न भएको थियो ।

आदर्शसंचारबाट

प्रतिक्रिया दिनुहोस्