२५ बैशाख २०८१, मंगलवार

 

महिला हित सहकारीको २२ औं वार्षिक साधारण सभा सम्पन्न

बागलुङ । महिला हित बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सहकारीको साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभाले संस्थाका सचिव सावित्री केसीको आर्थिक वर्ष २०७९, ०८० को प्रगति तथा चालु आर्थिक वर्ष २०८०,०८१ को प्रस्तावित नीति तथा कार्यक्रम र कोषाध्यक्ष पम्फा कुमारी किसानको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।सभाले सहकारीको कार्यक्षेत्र विस्तार लगाएतका प्रस्ताव समेत पारित भएको छ ।

कार्यक्रममा महिला हित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष लिला देवी खड्का, मालपोत कार्यालय म्याग्दीका कार्यालय प्रमुख साधना श्रेष्ठ, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, इलाका खबरका सम्पादक सञ्जन सिंह, महिला नेतृहरु ममता शर्मा, मन कुमारी केसी, सल्लाहकार खड्क कुमारी खड्काले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साधारण सभाको अवसर पारेर संस्थाले उत्कृष्ट बचत तर्फ, उत्कृष्ट कारोबार, साहसी महिला, व्यावसायिक महिला, श्रमिक महिलालाई सम्मान गरेको थियो । साथै कर्मचारीतर्फ सन्तोषी मल्ल र संचालक समितिका सदस्य इन्द्र थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष लिला देवी केसी खड्काको अध्यक्षता, प्रमुख आतिथ्यता जेष्ठ सेयर सदस्य केशव कुमारी शर्मा, संस्थाका उपाध्यक्ष लक्ष्मी जिसी केसीको स्वागत र सचिव सावित्री केसीको संचालन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्