२५ बैशाख २०८१, मंगलवार

 

माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीको २४ औं साधारणसभा सम्पन्न

काठमाडौं । माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौंमा साधारणसभा सम्पन्न भयो ।

कार्यक्रममा पूर्वमन्त्री चम्पादेवी खड्का, नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदी, डा ज्ञानेन्द्रप्रसाद पौडेल, शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा र माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीका अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।

विश्वव्यापी रुपमा बढिरहेको मन्दी, आर्थिक बजार सुस्थ भएको बेला र धेरै सहकारीमा समस्या आएको बेला माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीले आफ्ना शेयर सदस्यहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्न सक्नु र सबै सूचकाङ्क राम्रो हुनु सुखद परिस्थिति भएको वक्ताहरुले बताए ।

साधारण सभामा अध्यक्ष गोविन्दप्रसाद शर्माले संस्थाको वार्षिक प्रतिवेदन, सचिव एकनारायण उपाध्यायले आर्थिक वर्ष २०८० र ०८१ को प्रस्तावित कार्यक्रम र लेखा सुपरीवेक्षण समिति संयोजक युद्धविलास न्यौपानेले संस्थाको लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम अध्यक्ष गोविन्दप्रसाद शर्माको अध्यक्षता, सञ्चालक भक्तराज भुसालको स्वागत र सचिव एकनारायण उपाध्यायको संचालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउने आविस्कार पौडेल, प्राप्ति पौडेल र हसुमी ज्वारचनलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।

साथै नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदी , सहप्राध्यापक शारदा कुँवर, शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा ,विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी , माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारीका ८४ वर्षीय जेष्ठ शेयर सदस्य जगदिश महर्जन, शेयर सदस्य सरोजकुमार श्रेष्ठ र कर्मचारी गीता श्रेष्ठलाई सम्मान गरिएको थियो ।

सहकारीको कुल शेयर पुँजी ५ करोड, कुल निक्षेप ३८,५७,१४,२४९ र कर्जा लगानी ३१,९४,६७,४८६ र जगेडा कोष तथा अन्य कोष गरी कोषमा ७७,४६,७८१ , कर्जा जोखिम कोषमा ४०,५१,२७१ र कुल कारोबार ४२,९५,५८,८९२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्