१६ बैशाख २०८१, आईतवार

 

महिला उद्यमशिलता विकास सहकारीको २३औं वार्षिक साधारणसभा सम्पन्न

राजेशचन्द्र राजभण्डारी

सीप सिक्नु महिलाको सान सिकाउनु सहकारीको अभियान भन्ने नारासाथ स्थापित महिला उद्यमशिलता विकास सहकारी संस्था लिमिटेड बागलुङको २३ औं वार्षिक साधारणसभा राधाकृष्ण मन्दिरको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा महिला उद्यमशीलता विकास सहकारीका प्रमुख संस्थापक संरक्षक प्रेम छोटा ,सहकारीका पूर्व अध्यक्ष इन्द्र कुमारी श्रेष्ठ ,संस्थापक अध्यक्ष चन्द्र कुमारी श्रेष्ठ ,सल्लाहकार कृष्ण शंकर श्रेष्ठ ,सल्लाहकार निर्मला श्रेष्ठ नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, पत्रकार कोपीला कँडेल , जेष्ठ नागरिक चइना देवी श्रेष्ठ ,लगायतका वक्ताहरूले महिला उद्यमशीलता विकास सहकारीले समाजमा रहेका महिला दिदीबहिनी लाई उद्यमी बनाउने तालिम दिएर महिला उद्यमी बनाउनु पर्ने धारणा राखेका थिए ।

 

२०५७ सालमा २८ जना महिलाहरूले १४ हजार ६ सय शेयर ,रकमबाट स्थापना गरेको सहकारी संस्थामा शेयर पुजी ८३ लाख ४१ हजार र शेयर सदस्य २ सय ४६ जना पुगेको सहकारीका सचिव सचिव सृजना पन्तले प्रतिवेदन मार्फत जानकारी गराएका थिए ।

सहकारीले आर्थिक बर्ष २०७९र०८०मा ५ करोड २२ लाख ९ सय ५६ रूपैयाँ ८२ पैसा कारोवार गरेको जनाएको छ । सहकारीको कुल नाफा ३० लाख ३५ हजार ६ सय ३३ रूपैयाँ ६७ पैसा कुल खर्च २३ लाख ४९ हजार ८ सय ६० रूपैयाँ ६५ पैसा गरेको सहकारीले खुद नाफा ६ लाख ८३ हजार ७ सय ७३ रूपैयाँ गरेको सहकारीका कोषाध्यक्ष बबिता वझाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभामा सहकारीका अध्यक्ष अर्चना पालिखेले प्रगति प्रतिवेदन सचिव सृजना पन्तले सहकारीको प्रतिवेदन, बबिता वझाले आर्थिक र सुनिता शाक्यले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीले आर्थिक वर्ष २०७९र०८० मा शेयर सदस्य परिवारलाई मृत्यु राहत जेष्ठ नागरिक लाई सम्मान नियमित बचत कर्ता असल बचत कर्ता असल ऋणीलाइ सम्मान गरेको थियो ।

कार्यक्रम सहकारी संस्थाका अध्यक्ष अर्चना पालिखेको अध्यक्षतामा भएको साधारणसभामा सहकारीका सहसचिव संझना श्रेष्ठको स्वागत र सहकारीका सचिव सृजना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्