१५ बैशाख २०८१, शनिबार

 

संरक्षक कृषि सहकारीको ५ औं साधारणसभा सम्पन्न

बागलुङ । संरक्षक कृषि सहकारी संस्था लिमिटेड बागलुङको ५ औं साधारणसभा सम्पन्न भएको छ ।

२०७२ सालमा स्थापना भएको सहकारीमा ९६ जना शेयर सदस्य शेयर, पुँजी ६ लाख १९ हजार रहेको सहकारीमा बचत ६ लाख ५५ हजार ८ सय १४ रूपैयाँ सहकारीमा जगेडा कोष र अन्य कोष ६२ हजार ४ सय १३ रूपैयाँ ८५ पैसा रहेको सहकारी सदस्यहरूलाइ ऋण लगानी १४ लाख २ हजार ४ सय रूपैयाँ रहेको छ ।

कार्यक्रममा लिडस नेपालका डाइरेक्टर डा पदम राज श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी ,सल्लाहकार तेजप्रसाद उपाध्याय, सहकारीका शेयर सदस्य सरिता परियार, जिल्ला सहकारी संघका सदस्य जगन्नाथ सापकोटाले गरिव, अपांग, निम्न वर्गका व्यक्तिहरूको आर्थिक अवस्था सुधार गर्ने उदेश्यले स्थापना भएको सहकारी लाई थप मजबुत बनाउन सबै क्षेत्रबाट सहयोग गर्न जरुरी रहेको धारणा राखेका थिए ।

सहकारीले आर्थिक वर्ष ०७९ र ०८० मा कुल आम्दानी १ लाख ३४ हजार ८ सय ८४ रूपैयाँ कुल खर्च ६८ हजार ९ सय १ खुद नाफा ६५ हजार ९ सय ८३ भइ यश वर्ष शेयर सदस्यलाई ५ प्रतिशत लाभांश वितरण गर्न सफल भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सहकारीले पशु पालन, तरकारी खेतीमा लाग्ने शेयर सदस्यहरूलाइ सहुलियत दरमा ऋण प्रवाह गर्दै आइरहेको छ ।

कार्यक्रम सहकारीका अध्यक्ष तालबहादुर कुवँरको अध्यक्षता, उपाध्यक्ष ढाकाराम नेपालीको स्वागत र सचिव चन्द्रकला थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्