काठमाडौं । प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभा काठमाडौंको नयाँ बजारमा सम्पन्न भएको हो ।कार्यक्रममा संस्थाका अध्यक्ष हरिकृष्ण हरिकृष्ण उपाध्याले वार्षिक प्रगति प्रतिवेदन, आगामी वर्षको वार्षिक कार्ययोजना र बजेट प्रस्तुत गर्नु भएको थियो ।
लेखा समितिको प्रतिवेदन समितिका संयोजक यज्ञ मान प्रधानले प्रस्तुत गर्नु भएको थियो । उपस्थित शेयर सदस्यहरुले प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, आगामी कार्यक्रम र लेखा प्रतिवेदनलाई एक मतले पारित गरेको थियो ।
कार्यक्रममा ज्येष्ठ शेयर सदस्य भीम बहादुर श्रेष्ठ , नागरिक लगानी कोषका पूर्वकार्यकारिणी निर्देशक ऋषिराम गौतम, प्रत्यक्ष दृष्टि नेपालका अध्यक्ष श्याम प्रसाद श्रेष्ठ, कानुनी सल्लाहकार अधिवक्ता गोपाल शर्मा, वैज्ञानिक स्वंय प्रकाश श्रेष्ठ, नारि हित बचत कार्यक्रमका संयोजक सैव्या प्रधान, सेयर सदस्य भोजबहादुर केसी, रमेश भारी, गणेश सिम्खडाले संस्थाले प्रतिकूल अवस्थामा पनि प्रगति गरेको र यसको लागि सबै शेयर सदस्यहरुको बलियो साथ रहेको कुरा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक सेयर सदस्य भिम बहादुर श्रेष्ठ र गणेश बहादुर श्रेष्ठलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रम प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारीका अध्यक्ष हरिकृष्ण उपाध्याको अध्यक्षता, कोषाध्यक्ष कृष्ण कुमार राजभण्डारीको स्वागत र संस्थाका सचिव किस्मत जंग राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको भएको थिए ।
२०६७ साल पुस २ गते स्थापित सहकारीको निक्षेप २१ करोड रुपैयाँ, सेयर पुँजी २ करोड ६५ लाख रुपैयाँ, लगानी २३ करोड रुपैयाँ र सेयर सदस्य संख्या ४ सय ५५ जना रहेको संस्थाका सचिव किस्मत राजभण्डारीले नयाँ विश्वलाई बताउनु भयो ।





















































































































































































































