१६ बैशाख २०८१, आईतवार

 

फुलमून बचत तथा ऋण सहकारीको अध्यक्षमा मनोहरि कँडेल

काठमाडौं । फुलमून बचत तथा ऋण सहकारी संस्था लिमिटेड १२ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले मनोहरि कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरको छ ।

शुक्रबार काठमाडौंको सुन्धारास्थित गुलाफ सुइटमा सम्पन्न छैठौं अधिवेशनलले कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ऋषिराम सोपकोटा, सचिवमा शिव प्रसाद कँडेल र कोषाध्यक्षमा देवी प्रसाद कँडेल रहेका छन् ।

सदस्यहरुमा खडेश्वर सापकोटा, चन्द्र दत्त कँडेल, मणिराम कँडेल, विष्णु देवी कँडेल र अमृता कँडेल रहेका छन् । सहकारीको लेखा समितिको संयोजकमा याम लाल कँडेल रहेका छन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष भाईराम खड्कीले सहकारी अभियानमा जवाफदेहीता र आर्थिक अनुशासनको चुनौती आएकोले सहकारीका संचालकले सेयर सदस्यहरुसँगको दिगो सहकार्यमा सहकारीलाई अझ व्यवस्थित र फलदायि संस्थाको रुपमा विकास गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा फुलमून बचत तथा ऋण सहकारीको अध्यक्षमा मनोहरि कँडेल र समितिका सदस्य तथा अधिवक्ता शिव कँडेलले पनि मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाले अध्यक्ष मनोहरि कँडेलको वार्षिक प्रतिवेदन, सचिव याम लाल कँडेल प्रगति प्रतिवेदन, कोषाध्यक्ष देवी प्रसाद कँडेलको आर्थिक प्रतिवेदनलाई छलफलपछि पारित गरेको थियो ।

फुलमून बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०६८ सालमा राम प्रसाद कँडेलको नेतृत्वमा काठमाडौंको बागबजारमा स्थापना गरिएको थियो । यस सहकारीले बचतकर्ताहरुको विश्वास र भरोसा जितेर राम्रो वित्तीय सेवा दिइरहेको छ ।

यस सहकारीको सेयर सदस्य संख्या ४ सय जना, सेयर पुँजी ११ करोडर र ८ करोड लगानी रहेको छ । यस सहकारीले पाँच जना युवालाई रोजगारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्