४ कार्तिक २०८३, मंगलवार

 

वडाबाटै कर तथा राजश्व संकलनको व्यवस्थापन, घरदैलोमै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु

बागलुङ । नगरपालिकाले सबै वडाबाटै कर तथा राजश्व संकलनको व्यवस्थापन गरेको छ । माघ १ गतेदेखि लागू हुने गरी वडाबाटै राजश्व संकलन थाल्ने नीतिगत व्यवस्था भैसकेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले चौधौं नगरसभालाई जानकारी दिनु भयो ।

साथै १० लाख भन्दा माथीका योजना नगर स्तरीय संयन्त्रले अनुगमन गरेपछि मात्रै भुक्तानी दिने व्यवस्था गरेको उहाँको भनाइ छ ।

पूर्वाधार निर्माण तर्फ बिनियोजित बजेटबाट पुस २० गते सम्ममा १ हजार ८ सय ४६ मिटर सडक कालोपत्रे गरेको, रोड मार्किङ गरेको, अव्यवस्थित तार र पोल हटाएको, सडक पेटी खाली गरेर फुटपाथ निर्माण थालिएको, ४ सय थान सडक बत्ति बालिएको तथा यहाँका अग्ला झोलुंगे पुलमा बत्ती जडान समेत भएको श्रेष्ठले नगरसभालाई जानकारी दिनु भयो ।

बागलुङ नगरपालिकाका नगर प्रमुख श्रेष्ठद्वारा विहीबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८० र ८१ को नीति तथा कार्यक्रमको समीक्षामा सडक, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, उद्योग, सिचाई, खानेपानी, वन तथा वातावरण, सहकारी र डिजिटल पुस्तकालयलाई जोड दिएको बताउनु भयो।

वडा कार्यालयमा सूचना प्रविधिमा अब्बल जनशक्तिको व्यवस्था, सामाजिक सुरक्षा भत्ता, व्यक्तिगत घटना दर्ता, र राजस्व दस्तुर जस्ता सेवालाई पूर्ण रुपमा अनलाइन मार्फत संचालन, कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम, नगरपालिकाका दीर्धकालिन एवं महत्वपूर्ण पूवार्धार निर्माणको लागि संघ र प्रदेशका संम्बन्धित निकायमा परियोजना प्रस्ताव गरिएको, नगरको कार्यालयबाट दिने सेवालाई प्रभावकारी बनाउन कार्यालय पछाडिपटटी रहेको जग्गामा ठेक्का सम्झौता गरि ९ कोठाको प्रशासकिय भवन निर्माणको काम तीब्र रुपमा अगाडि बढेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।

नेपाल विद्युत प्राधिकरणसँगको लागत सहभागितमा १० थान हाई मास्ट सडक बत्ती जडानको लागि ठेक्का प्रकृया अगाडि बढेको, तत्काल एम्बुलेन्सको अभावमा गर्भवती महिलाको ज्यान जोखिममा पर्ने, घाइते तथा विरामी र रकम अभावको कारण अस्पतालमा आउन नसक्ने नागरिकको लािग हटलाइन सेवा मार्फत निशुल्क एम्बुलेन्स, दमकल, ब्याको लोडरलाई चौविसै घण्टा सेवा प्रवाहको व्यवस्था, नगरको खाल्टा खुल्टी टाल्नको लागि सडक बोर्ड नेपाल र नगरको

सह लगानीमा १८ सय ४६ सडक कालो पत्रे भै रोड मार्किङ गरिएको, बागलुङ नगरपालिकाबाटै श्रम स्वीकृतीको प्रक्रियाको सुरुवात भएको, बालमैत्री नगर घोषणाको लागि ९० प्रतिशत काम सम्पन्न भएको, सबै वडामा रहेको स्वास्थ्य

संस्थाको दैनिक क्रियाकलाप, रेकर्ड र रिर्पोटिङको सिष्टमको व्यवस्था गरिएको, नारायण स्वास्थ्य चौकीले न्युनतम सेवा मापदण्डमा ८० अंक ल्याएर उत्कृष्ठ स्वास्थ्य संस्था भएको, मुलपानी र भुकुण्डे स्वास्थ्य चौकीको नवनिर्मित भवन यसै वर्ष सम्पन्न हुन लागेको र छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल भएको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।

घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु भएको छ ।  यसको सुभारभ्य बागलुङ नगरपालिका ३ नारायण चोकबाट भएको छ । आगामी माघबाट प्रत्येक महिना स्वास्थ्यकर्मीले घरदैलोमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने छन् ।

नगरसभामा नगर उपप्रमुख राजु खड्काले आर्थिक ऐन २०८० को संशोधन प्रस्ताव पेस गर्नु भएको थियो । नगरसभामा सार्वजनिक लेखा समितिका संयोजक अर्जुन घिमिरेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

बागलुङ नगरपालिका ३ का वडा अध्यक्ष तथा विधायक समितिको संंयोजक सनि केसीले नगर प्रहरी ऐन २०७६ माथिको संशोधन प्रस्ताव र शिक्षा ऐन २०७६ माथिको संशोधन प्रस्ताव सभामा प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung