४ कार्तिक २०८३, मंगलवार

 

काठेखोला गाउँपालिकाको शिक्षक सरुवा गर्न ऐन संशोधन, उत्कृष्ट ८ किसान सम्मानित

बागलुङ । काठेखोला गाउँपालिका ६ स्थित सामवोट सामुदायिक वनमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने निर्णय भएको छ । प्रशासनिक भवन बनाउने सर्वसम्मत निर्णय भएको गाउँपालिका अध्यक्ष राजु थापाले सोमबार चौधौं गाउँसभालाई जानकारी दिनु भयो ।

गाउँपालिकाले सुरुवाति वर्षदेखि नै संचालन गर्दै आएको गौरवको योजना मार्फत गाउँपालिकाको केन्द्रदेखि प्रत्येक वडा कार्यालयसम्म जोेड्ने मोटर बाटोको स्तरोन्नती गर्ने यस चालु आर्थिक वर्षमा पनि निरन्तरता पाउने भएको छ । काठेखोला ६ सुलडाँडा, किमबोट, चिरपानी, धरमदास हुँदै ठुलढुंगासम्मको सडकलाई स्तरोन्नति गर्ने कामले प्राथमिकता पाएको अध्यक्ष थापाले जानकारी दिनृु भयो ।

साथै काठेखोला ८ मा संचालित सुलडाँडा, लेखानी हुँदै सेतिचौर जोड्ने सडक स्तरोन्नति अन्तर्गत भुँडीखोलादेखि लेखानी खण्डमा स्तरोन्नतिको कार्य सम्पन्न भइसकेको छ ।

नेपाल सरकारको समपुरक अनुदान मार्फत सुरुवात भएको एकपाता वौर सडक स्तरोन्नतिको लागि हालसम्म तीन करोड आठ लाख रुपैयाँ बराबरको काम सम्पन्न भएको र बाँकी काम गाउँपालिकाको दायित्व बेर्होने गरि तिब्र गतिमा काम अगाडि बढको छ ।

त्यसै गरि काठेखोला ४ तंग्राम र वडा नं ३ धम्जा जोड्न लागि डुडियाँघाटमा पुलको शिलन्यास भइसकेको र आगामी १८ महिनाभित्र पुल निर्माृणको काम सम्पन्न हुने भएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सहकारी, वन, पर्यटन र घरेलु उद्योगलाई मुख्य प्राथमिकतामा राखेको छ ।

काठेखोलोको शैक्षिक अवस्थामा सुधार ल्याउनको लागि भौतिक संरचनामा लगानी र सिकाई उपलब्धीमा सुधार ल्याउनको लागि विद्यालय प्रशासन, व्यवस्थापन समिति र अभिभावकसँगको सहकार्यलाई अझ मजबुत बनाउने काम अगाडि बढेको छ ।

त्यसको लागि अनुगमन, प्रतिभा पहिचान कार्यक्रम, सेनेटरी प्याड वितरण प्रक्रियालाई निरन्तरता दिने र केजी कक्षा व्यवस्थापन अनुदानलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ । भिएसओ र विवाइसी बागलुङको सहकार्यमा सिकाइ परियोजना मार्फत २७ वटा विद्यालयहरमा लागु भएकोमा यस वर्षदेखि सबै विद्यालयमा यो कार्यक्रम लागु गरिने अध्यक्ष थापाले जानकारी दिनु भयो ।

जिल्लाको काठेखोला गाउँपालिकाले अस्थायी, करार र अनुदान कोटाका शिक्षक सरुवा हुन पाउने कानून ल्याएको छ । काठेखोला गाउँपालिकाको शिक्षा ऐन, २०७९ को पहिलो संसोधन मार्फत गाउँपालिकाले स्थायीबाहेकका शिक्षकहरुको समेत सरुवा हुनसक्ने व्यवस्था गरेको हो ।

सोमबार सम्पन्न १४ औं गाउँसभाले शिक्षा ऐनको संशोधन गर्न बनेको पहिलो शंधोधन बिद्येयक सर्वसम्मत पास गरेको हो । ऐनमा अस्थायी, कारर र अनुदान कोटाका शिक्षकहरु समेत दुवैतर्फको विद्यालय व्यवस्थापन समितिको सहमतिमा सरुवा हुनसक्ने व्यवस्था गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय शिक्षा समिति र कार्यपालिकालाई जानकारी गराउनुपर्ने व्यवस्था ऐनमा गरिएको छ ।कार्यपालिकाको पूर्वसहमति लिएर गरिने सरुवा द्रुत मार्गबाट गर्न सकिनेगरी ऐन संसोधन भएको थापाले जानकारी दिनु भयो । यसअघि स्थायीबाहेकका शिक्षक सरुवा हुनसक्ने व्यवस्था थिएन् ।

गाउँपालिकाको स्वास्थ्य संस्थाको क्षमता अभिवृद्ध गर्न गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । सबै वडाका स्वास्थ्य संस्थाहरुलाई विद्युतिय प्रणालीमा समावेश गरि अनलाईन दर्ता प्रक्रिया संचालनका लागि सफटवयर सहतिको अभिमुखिकरण तालिम संचालन गरि कार्यक्रम लागु गरिएको छ ।

पारिवारीक स्वास्थ्य प्रोफाइल तयार गरिएको छ, गर्भवती तथा सुत्केरी महिलाहरुलाई अण्डा, आयोनुन तथा क्याल्सियम वितरण कार्यलाई यस वर्षपनि निरन्तरता दिने भएको छ ।

मृगौला प्रत्योरोपन, मृगौला ट्रान्सप्लान्ट, क्यान्सर र स्पाइनल एन्ज्युरी भएका ३९ जना विरामीहरुलाई औषधी उपचार खर्चको लागि मासिक पाँच हजारको दरले उनीहरुको खातामा रकम जम्मा भएको छ । स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका दुई सय परिवारलाई स्वास्थ्य विमा गर्ने कामलाई यस वर्ष पनि निरन्तरता दिएको गाउँपालिकाका अध्यक्ष थापाले सभालाई जानकारी दिनु भयो ।

सभामा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले आर्थिक ऐन पहिलो संशोधन विनियोजन ऐन पहिलो संशोधन विधेयक प्रस्ताव गर्नु भएको हो । सभामा उपाध्यक्ष थापाले कृषि ऐन र शिक्षा ऐन संशोधन विधेयक प्रस्तुत गर्नु भएको थियो ।

सभामा कृषकहरु पुतली थापा, याम प्रसाद शर्मा, मनबहादुर थापा, थानेश्वर कँडेल, सुरेश कँडेल, नारायण दत्त कँडेल, जिवलाल शर्मा र लाल कुमारी पुन नगद २५ हजार र सम्मानपत्रले सम्मानित हुनु भएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगराज गौतमले जानकारी नयाँ विश्वलाई दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung