२५ बैशाख २०८१, मंगलवार

 

देवकुमार नेपालीको घरजग्गा इमेज सहकारी संघर्ष समितिले लिलामीको घोषणा

बागलुङ । इमेज सहकारीका सञ्चालक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको घरजग्गा बचतकर्ताले लिलामीको सूचना निकालेका छन्।

इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङ र पोखराका संस्थापक सञ्चालक देवकुमार नेपाली र उनकी श्रीमती छेला नेपालीको नाममा रहेको घर जग्गा खरिद गर्न इच्छुक व्यक्तिले इमेज सहकारी बचत संघर्ष समिमिमा सम्पर्क राख्न शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

इमेज सहकारी बचत संघर्ष समिति पोखरा, बागलुङ, गलकोट, बुर्तिबाङ र इमेज सहकारी बचत संयुक्त संघर्ष समितिले संयुक्त रुपमा शुक्रबार आव्हान गरेको हो ।

कार्यक्रममा संघर्ष समितिका अध्यक्ष दिल बहादृुर कार्कीले देवकुमार नेपालीले विभिन्न बैक मार्फत सहकारीको नाममा लिएको ऋण चुक्ता गर्न र बचतकताको रकम फिर्ता गर्नको लागि घर जग्गाहरु निर्धारित मूल्यमा रजिष्टे«शन पास चाहाने व्यक्ति, संस्था, फर्म, कम्पनी या समूृहले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संघर्ष समितिमा सम्पर्क राख्नको लागि अनुरोध गर्नु भएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङ र पोखराका संस्थापक सञ्चालक देवकुमार नेपाली र उनकी श्रीमती छेला नेपालीको नाममा काठमाडौं, पोखरा, बागलुङ र बुर्तिबाङमा रहेको घर जग्गाहरु लिन इच्छुक व्यक्ति, संस्था, फर्म, कम्पनी या समूृहलाई अपिल गरेको छ ।

नेपालीले ग्लोबल आइएमई बैक बागलुङ शाखाबाट ४ करोड, राष्ट्रिय सहकारी बैंकबागलुङ शाखाबाट २५ करोड र गरिमा बिकास बैंक बागलुङ शाखाबाट ६ करोडको गरी झण्डै ३५ करोड ऋण लिएको छ ।गत कार्तिक ३० गते एक वक्तव्य र गत मंसिर ५ गते मेयर नेपालीले फेसबुकमा भिडियो सन्देशमार्फत आफ्नो र श्रीमतीको नाममा रहेको घरजग्गाबाट हिसाब मिलाउन तयार रहेको बताएका थिए ।

नेपाली आफू र आफनो श्रीमती छेला नेपाली, छोरी कर्मा नेपालीलाई हतियार सहित आएर ज्यान मार्ने धम्की आएकोले सुरक्षाको कारण केहि समय सम्पर्क विहिन हुन बाध्य भएको वक्तव्यमा उल्लेख थियो ।

साथै उनले आफूले बागलुङ, कास्की र काठमाडौंमा १८ वटा घर र ४४ कित्ता जग्गा जस्को हालको मूल्य ३ अर्ब हुन आउने सम्पत्ति रहेको दाबी गरेका थिए । राजनीतिक पहुँचका आधारमा प्रहरीले नेपालीलाई पक्राउ गर्न आलटाल गरि रहेको छ।

प्रतिक्रिया दिनुहोस्